सधैंटोलाइ बस्छु म त, तिम्रैबाटो हेरी ।
६ भाद्र, काठमाडौं ।
– मोहन छाङ्छा राई
सधैंटोलाइ बस्छु म त, तिम्रैबाटो हेरी ।
टाढाबाट कोही आउदा, झस्किन्छु म फेरि ॥
धेरैभयो नभेटेको, धेरैभयो नदेखेको ।
तिम्रोमेरो मिलनहुन, छैनकि लेखेको ॥
सपनीमा तिमीलाई, देख्छु घरिघरि ।
टाढाबाट कोही आउदा, झस्किन्छु म फेरि ॥
जहाँजाउ लाग्छ मलाई, तिनै तिर्सना ।
लाखौ कोसिस गर्दापनि, सकिन विर्सन ॥
अझैकुरी बसीरैछु, तिम्रैबाटो हेरी।
टाढाबाट कोही आउदा, झस्किन्छु म फेरि ॥
मेरोमाया सम्हालीदेउ, मुटुभित्र राखी ।
जुनीजुनी सँगैबाँच्ने, देवीदेउता भाकी ॥
तिनैझल्को आइरहन्छ, यीदुई आँखाभरी ।
टाढाबाट कोही आउदा, झस्किन्छु म फेरि ॥
सधैटोलाइ बस्छु म त, तिनै बाटो हेरी।
टाढाबाट कोहीआउदा, झस्किन्छु म फेरि ॥
{समाप्त)