Advertisement

मोरङको कानेपोखरीबाट पेस्तोलसहित दुई जना पक्राउ

0 344

Advertisement

१६ भदाै, विराटनगर । प्रहरीले मोरङको कानेपोखरी गाउँपालिका-६ शिवालय चोकबाट पेस्तोलसहित दुई जना पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पथरी र सशस्त्र प्रहरी बल सुरक्षा बेस पथरीशनिश्चरेको टोलीले दुई जनालाई पक्राउ गरेको हो ।

मंगलबार राति करिब सवा ११ बजे ३० वर्षीय रुद्रबहादुर क्षेत्रीलाई पक्राउ गरेको थियो । उनको बयानका आधारमा ३० वर्षीयय पूर्णबहादुर बोहरा पक्राउ परेका थिए ।

प्रहरीका अनुसार क्षेत्रीले घरमै लुकाएर राखेको अवस्थामा पेस्तोल फेला परेको थियो । घरबाट मेड इन यूएसए लेखिएको एउटा पेस्तोल, तीन राउण्ड गोली र एउटा खुकुरी फेला परेको हो ।

दुवै जनालाई आवश्यक अनुसन्धान र कारबाहीका लागि इलाका प्रहरी कार्यालय पथरीमा राखिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले बताए ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.