Advertisement

प्रधानमन्त्री देउवाद्वारा वृक्षरोपण अभियान शुभारम्भ

0 372

Advertisement

१६ भदाै, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले निजामती सेवा दिवसका अवसरमा ‘राष्ट्रसेवक कर्मचारी वृक्षरोपण अभियान’ शुभारम्भ गर्नुभएको छ । उहाँले आज काठमाडौँ महानगरपालिका–१३ विष्णुमति करिडोर क्षेत्रमा विभिन्न प्रजातिका बिरुवा रोपण गरी सो अभियानको सुरुआत गर्नुभएको हो ।

सो क्षेत्रमा कपुर २५, समी २५, क्यालेण्ड्रा २०, टिकोमा १५, करविर १५ र वगमवेलीका ३० बिरुवा रोपण गरिएको वन तथा वातावरण मन्त्रालयका सचिव डा पेमनारायण कँडेलले जानकारी दिनुभयो ।

कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाँण, मुख्यसचिव शङ्करदास बैरागी, नेपाली सेनाका कामु प्रधानसेनापति प्रभुराम शर्मा विभिन्न मन्त्रालयका सचिवलगायतको उपस्थिति थियो ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.