Advertisement

कपाल झर्ने समस्या छ ? किन झर्छ कपाल ? थाहा पाउनुहाेस्

0 1,165

Advertisement

१६ भदाै, काठमाडौं । कम उमेरमा पनिलआजकाल कपाल झर्ने समस्याबाट मानिसहरु पीडित भइरहेका हुन्छन् । कपाल झर्नुमा विभिन्न कारण हुन्छन् । तीमध्ये एक हो खानपानमा लापरवाही । यदि खानामा प्रोटीनको कमी भयो भने कपाल झर्ने समस्या हुन सक्छ ।

यसैले प्रोटीन र आइरनयुक्त खाद्यपदार्थ खानुपर्छ । हरियो सागसब्जी, अण्डा आदि दैनिक खानामा समावेश गर्नुपर्छ। बढ्दो उमेर पनि तालु खुईलिने कारण हुन्छ ।

किनभने उमेर वृद्धिसंगै रोग प्रतिरोधी क्षमता कमजोर हुन्छ, जसबाट हर्मोन प्रभावित हुन्छ र कपाल झर्न थाल्छ । तर कपाललाई राम्ररी हेरविचार गर्ने झर्ने समस्या कम गर्न सकिन्छ ।

स्याहार गर्ने तरिकाका कारण पनि कपाल झर्छ । खासगरी महिलाहरुले कपाललाई कसेर बाँध्दा रौंको फोलिकल्समा रक्तसन्चार राम्ररी हुन पाउँदैंन, जसका कारण रौं मर्छ र झर्न थाल्छ ।

यसैले त्यस्तो खालको हेयरस्टाइल चयन गर्नुस् जसबाट रौंमा रक्तसन्चार राम्रो होस् । युवा अवस्थामा गर्भनिरोधक औषधि बढी प्रयोग गर्दा पनि कपाल झर्ने समस्या हुनसक्छ ।

गर्भनिरोधक औषधिले हार्मोनल असन्तुलन हुन्छ । यस्तै केमोथेरापी, टाउको दुखेको, थाइराइड र ज्वरोको औषधि पनि कपाल झर्नुमा कारक हुन्छन् । यस्तै, अर्को कारण हो आनुवंशिक ।

यदि घरमा परिवारका कुनै पनि सदस्यलाई तालु खुईलिने समस्या छ भने पनि कपाल झर्न सक्छ। टाउकोमा कुनै पनि प्रकारको फंगल इन्फेक्सन छ भने पनि कपाल झर्न सक्छ । तर उपचार पछि यसको समाधान हुन्छ ।

परिवर्तित फेसनले कपडामा मात्र होइन, कपालमा पनि अनेक खालको परिवर्तन आइरहेको छ । युवाहरु फेसनका लागि कपालमा पनि नयाँ नयाँ खालका प्रयोग गरिरहन्छन् र कपालमा विभिन्न खालका रसायन प्रयोग गर्छन् । जसका कारण कपाल झर्छ ।

शरीरमा आउने हार्मोनको परिवर्तनले तालु खुईलिने समस्या आउछ । महिलामा एस्ट्र«ोजन हार्मोनको मात्रा बढी हुने समस्यालाई हाइपर थाइराइड भनिन्छ । यस्तो अवस्थामा तालु खुईलिन्छ ।

अनुसन्धानकर्ताका अनुसार उमेर बढेसससँगै सेक्स हार्मोनको स्तर कम हुन्छ र पुरुषमा कपाल झर्ने समस्या हुन्छ ।

यस्तै, अधिक तनावयुक्त ज्ञड पनि कपाल झर्ने समस्याको कारण बन्छ। बडी बनाउने स्टेरोइडको बढी प्रयोगले पनि कपाल झर्छ । स्टेरोइडले हार्मोन असन्तुलन हुन्छ र तालु खुईलिने समसया निम्तन्छन् ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.