Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

विना इजाजत एसिड बिक्री वितरण गरेको आरोपमा पोखराबाट तीन जना पक्राउ

0 127

१४ भदाै, काठमाडौं । विना इजाजत एसिड ओसारपसार तथा बेचबिखन गरेको आरोपमा प्रहरीले पोखराबाट तीन जनालाई पक्राउ गरेको छ ।

पोखरा महानगरपालिका–४ गैह्रापाटनमा ग ३ च ११४३ नम्बरको जीपमा सिलबन्दी तथा लेवलिङ नलगाएको १ हजार केजी एसिड र पोखरा–२ मौरिया टोलस्थित अभिषेक औजार पसलबाट सिलबन्दी र लेबलिङ नलगाई बेच्न राखेको ३५० केजी एसिड बरामद गरी तीन जनालाई प्रहरीले सोमबार पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा जीपचालक बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१५ घर भई चितवनको भरतपुर बेलचोक बस्ने १९ वर्षीय मीनबहादुर भारती, सोही जीपमा सवार विराटनगर महानगर पालिका–२ घर भई भरतपुरमै बस्ने २९ वर्षीय केशव सिंह र अभिषेक औजार पसलका सञ्चालक बागलुङ नगरपालिका–७ ढिकीचौर घर भई पोखरा महानगरपालिका–२ मोहरिया टोल बस्ने बलबहादुर विक रहेका छन् ।

विना इजाजत एसिडको ओसारपसार तथा बेचबिखन भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको टोलीले उनीहरुको निगरानी गरेको एसिड बरामद गरेको प्रहरीले जनाएको छ ।

उनीहरुमाथि तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७७ बमोजिम मुद्दा दर्ता गरी थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.