Advertisement

रियलमीको नेपालमा रियलमी सी–२० र सी–२१ सार्वजनिक

0 981

Advertisement

४ भदौ, काठमाडौं । स्मार्टफोन ब्राण्ड रियलमीले नेपालमा रियलमी सी–२० र सी–२१ सार्वजनिक गरेको छ ।

कम्पनीका अनुसार आइतबारदेखि नै दराज अनलाइनबाट यी दुवै स्मार्टफोनहरुको प्रि–बुकिङ गर्न सकिन्छ । उक्त फोन बजारमा भने सेप्टेम्बर १ देखि नेपालभरि उपलब्ध हुने कम्पनीको भनाइ छ ।


कम्पनीका अनुसार ३२ जीबी मेमोरी र २ जीबी ¥याम भएको रियलमी सी–२० को मूल्य नेपालमा १२ हजार आठ सय ४९ रुपैयाँ र ६४ जीबी मेमोरी र ४ जीबी ¥याम भएको रियलमी सी–२१ को मूल्य १६ हजार नौ सय ९९ रुपैयाँ तोकिएको छ । रियलमी सी–२० र सी–२१ मा ६.५ इन्चको डिस्प्ले, सुपर पावर सेभिङ मोड भएको पाँच हजार मेगाहर्ज ब्याट्री, जिओमेट्रिक आर्ट डिजाइन, मिडियाटेक हेलियो जी–३५ प्रोसेसरका साथै दुई सय ५६ जीबीसम्म बढाउन मिल्ने माइक्रोएसडी छ । स्मार्टफोनमा सुपर नाइटस्कोप भएको अल ट्रिपल क्यामेरा, अक्टा कोर १२ एनएम २.३ गिगाहर्ज प्रोसेसर पनि छ ।


यसैगरी कम्पनीले रियलमी सी–११ को मूल्यमा कटौती गरी सार्वजनिक गरेको छ । कम्पनीका अनुसार सी–११ अब ११ हजार नौ सय ९९ रुपैयाँमा नेपालमा पाउन सकिन्छ । कम्पनीका अनुसार रियलमी सी–११ मा पनि ६.५ इन्चको डिस्प्ले, अल्ट्रा सेभिङ मोड भएको पाँच हजार मेगाहर्जको ब्याट्री जिओमेट्रिक आर्ट डिजाइन र अक्टा कोर पावरफुल प्रोसेसर रहेको छ ।

यस्तै कम्पनीले रियलमी ८ को नयाँ भेरियन्ट पनि नेपालमा सार्वजनिक गरेको छ । १२८ जीबी मेमोरी र ६ जीबी ¥याम भएको यो स्मार्टफोन मात्र २७ हजार एक सय ९९ रुपैयाँमा पाइने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार तीन वर्षमा छचोटि अपग्रेड तीन करोड ३० लाख युनिट बिक्री भएको रियलमी नम्बर सिरिज सबैभन्दा सफल सिरिज हो । ६४ मेगापिक्सल क्यामेरा भएको यस स्मार्टफोनमा रहेको फोटोग्राफी फिचर्सबाट दिन र रातमा पनि सुन्दर फोटो खिच्न मिल्छ ।

सुपर एमोलेड डिस्प्ले भएको रियलमी ८ मा ब्राइटनेस लेभल एक हजार युनिटसम्म लग्न मिल्छ । यसैगरी, यसको पाँच हजार मेगाहर्ज ब्याट्री, ३० वार्ट डर्ट फ्ल्यास चार्जको मद्दतले ६५ मिनेटमै चार्ज फुल हुन्छ ।

कम्पनीका अनुसार रियलमीका प्रशंसकहरुले यी दुवै स्मार्टफोनहरु पनि आइतबारदेखि नै दराज अनलाइनमार्फत प्रिबुकिङ गर्न सक्नेछन् भने सेप्टेम्बर १ देखि नेपालभरि नै उपलब्ध हुनेछ ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.