बाग्लुङ समाज पाेर्चुगलकाे अध्यक्षमा हरि पुनद्वारा उम्मेदवारी घाेषणा
याेगेन्द्र खरेल १४ भदाै, लिस्वाेन पाेर्चुगल । बाग्लुङ समाज पाेर्चुगलका बर्तमान कार्यसमिति उपाध्यक्ष तथा युवा समाजसेवी हरि पुन ले बाग्लुङ समाज पाेर्चुगलकाे आगामी कार्यकालकाे लागि अध्यक्ष पदमा उम्मेदवारी घाेषणा गरेका छन । बाग्लुङ समाज पाेर्चुगलकाे आसन्न अधिबेशन सेप्टेम्बर ५ तारिखमा हुँदै छ ।
बाग्लुङ जिल्ला ढाेरपाटन नगरपालिका -६ मा जन्मेका हरि पुनले बिगत ८/९ बर्ष देखि पाेर्चुगललाई आफ्नाे कार्यक्षेत्र बनाउदै आएका छन । बाग्लुङ समाज पाेर्चुगलकाे बर्तमान कार्यसमितिकाे उपाध्यक्ष पदमा रहेरका पुन ले यस कार्यकालमा पनि सन्ताेषजनक कार्यसम्पादन प्रस्तुत गरेका छन । साथै ब्यक्ति रुपमा विभिन्न सहयाेग अभियान समेत चलाई विभिन्न पिडामा परेका बाग्लुङेहरुकाे पिडामा मल्हम लगाउने काम निरन्तर गरि नै रहेका छन ।
जब कुनै काम गर्नुपर्छ भन्ने साेच्छन तब त्याे काम दृढतापुर्वक गरेरै छाड्ने स्वभावका उनी अरु प्रति परेकाे दुखपिडालाई नजरअन्दाज गर्नुहुदैन भन्ने बिचार राख्दै सक्दाे सहयाेग गर्न अगाडि बढिहाल्छन ।
आफू बाग्लुङ समाज पाेर्चुगलकाे नेतृत्वमा आएपछि सबै क्षेत्र , लिंग , जातजातिका सम्पूर्ण बाग्लुङे हरुलाई समेट्दै अगाडि बढ्ने र पाेर्चुगलमा रहेका बाग्लुङे हरुका समस्या समाधानकाे लागि विभिन्न याेजनाहरुका साथ अघि बढ्ने प्रतिबद्धता ब्यक्त गरेका छन । यहा रहेका सम्पूर्ण बाग्लुङेेेहरुलाई यस संस्था मार्फत एउटै माला मा गास्दै सामुहिक सहभागीका आधारमा कार्ययाेजना तयार पारि अगाडि बढ्ने र उत्कृष्ट कार्यसम्पादन गर्ने नै आफ्नाे प्रमुख ध्येय रहेकाे बताएका छन ।
आफुुले नेतृत्व लिने बाग्लुङ समाज पाेर्चुगललाई उत्कृष्ट संस्थाकाे रुपमा अगाडि बढाउने, सबैकाे सहयाेग, सरसल्लाह, बिचारबिमर्षकाे आधारमा कुसल तरिकाले जिम्मेवारि बाडफाड गरि सामुहिक सहभागीतामुलक रुपमा अगाडि बढाउने याेजना रहेकाे बताएका छन ।