Advertisement

सुन्दरीजल जलविद्युत केन्द्रलाई वैज्ञानिक अध्ययन केन्द्र बनाउने

0 823

Advertisement

१४ भदौै, काठमाडौँ । मूलुककै दोस्रो पुरानो विद्युत उत्पादन केन्द्रको रुपमा रहेको सुन्दरीजल जलविद्युत केन्द्रलाई संग्रहालय र वैज्ञानिक प्रयोगशाला बनाउन प्रारम्भिक छलफल भएको छ ।

आज (आईतबार) काठमाडौँको पूर्वोत्तरमा रहेको सुन्दरीजल स्थित नेपाल विद्युत प्राधिकरण उत्पादन निर्देशनालय सुन्दरीजल जलविद्युत केन्द्रमा बसेको छलफलमा सो निर्णय गरेको हो । बागमति प्रदेश पूर्वमन्त्री रामेश्वर फुयाँलको नेतृत्वमा बसेको बैठकले मूलुकै दोस्रो पुरानो विद्युत उत्पादन केन्द्रको रुपमा रहेको त्यस विद्युत केन्द्रलाई ऐतिहासिक महत्वको रुपमा रहेकोले संरक्षण र प्रर्वद्धन गर्नुपर्ने सहभागीहरुले जोड दिएका छन् ।

छलफलबाट सुन्दरीजल जल विद्युत केन्द्रमा निर्माणाधिन संग्रहालयलाई निरन्तरता दिने, ड्याम साईड पोखरी बढाउने सम्बन्धमा अध्ययन गरिने, सुन्दरीजल परिसरलाई पर्यटकीय स्थलको रुपमा विकास गर्ने, शत वार्षिकी मनाईने र बागमति प्रदेश सरकारबाट विनियोजित रकमका लागि सरकारलाई धन्यवाद जस्ता निर्णयहरु गरेका छन् ।

छलफलमा बोल्दै पूर्वमन्त्री रामेश्वर फुयाँलले तीनै तहको साथ सहयोगमा चाँडै संग्रहालयलाई व्यवस्थापन गर्नुपर्ने बताएका छन् । ऐतिहासिक महत्वका विषय भएकोले १ सय वर्ष चलिरहेको चन्द्रज्योती र सुन्दरीजल विद्युत उत्पादन केन्द्रलाई सम्पदाको रुपमा संरक्षण गर्नुपर्ने उनले बताएका छन् । प्राविधिक तथा विषयगत विद्यार्थीहरुका लागि प्रयोगशाला तथा अध्ययन केन्द्रको रुपमा विकास गर्न बागमति प्रदेश सरकारको तर्फबाट रु. ५० लाख रुपैयाँ रकम विनियोजन भईसकेको उल्लेख गर्दै त्यस केन्द्रहरुलाई थप व्यवस्थित गर्न स्थानीय, प्रदेश र केन्द्र सरकारको समन्वय तथा सहयोग आवश्यक रहेको बताए ।

हाईड्रो इनर्जी तथा प्रविधिका विषयमा अध्ययन गर्दै आएका स्थानीय युवा कुमार अर्यालले सुन्दरीजलको पावर हाउसलाई विद्यार्थीहरुको अध्ययनको रोजाईको रुपमा परिणत गर्नुपर्ने माग राखेका छन् । उनले हाईड्रो इनर्जीबारे अध्ययन गर्न तथा अन्य सबै शिक्षण विद्यार्थीहरुका लागि प्रयोगाशाला तथा अध्ययन केन्द्र बनाउनका उपयुक्त हुने बताए ।

त्यस्तै गोकर्णेश्वर नगरपालिका–१ का अध्यक्ष राम मानन्धरले विद्युत केन्द्रको संरक्षणका लागि स्थानीय तहले गर्नुपर्ने सहयोग रहने बताउँदै शिवपुरी राष्ट्रिय निकुञ्जाबाट स्थानीयहरुले सास्ती खेप्दै आएको समस्या सुनाए । वडाको विकास निर्माणमा समेत निकुञ्जाबाट पटक–पटक अवरोध आउने गरेकोले त्यसको समाधानमा पनि सम्बन्धित निकायहरुले ध्यान दिनुपर्ने बताए ।

६४० किलोवाट क्षमता सहित वि.सं. १९९१ सालमा स्थापना भएको सुन्दरीजल जलविद्युत केन्द्रलाई अहिले एशियाली विकास बैंक, नेपाल सरकार तथा नेपाल विद्युत प्राधिकरणको लगानीमा सुदृढीकरण सम्पन्न भई ९७० किलोवाटमा क्षमता वृद्धि गराईएको छ ।

सुन्दरीजल जलविद्युत केन्द्रका कार्यालय प्रमुख टंकनाथ पौडेलले छलफलमा भएका निर्णयहरुलाई सम्बन्धित निकायहरु, जनप्रतिनिधि र स्थानीयहरुबीच थप छलफल र समन्वय गरि कार्यान्वयनका लागि विशेष जोड दिने बताए । छलफल कार्यक्रममा स्थानीय राजनीतिक दलका प्रतिनिधिहरु, पत्रकार तथा कर्मचारीहरु सहभागी थिए ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.