Advertisement

ट्रक दुर्घटना बीस जना घाइते, चारको अवस्था गम्भीर

0 637

Advertisement

१४ भदाै,धादिङ । धादिङको नीलकण्ठ नगरपालिका ८ बगैँचामा सोमबार बिहान आइसर ट्रक दुर्घटना हुँदा बीस जना घाइते भएका छन् । ज्वालामुखी गाउँपालिकाको खरीबाट धादिङबेसी तर्फ आउँदै गरेको बा ३ ख ५६२३ नम्बरको आइसर ट्रक अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक महेन्द्र खड्काले जानकारी दिनुभयो ।
गम्भीर घाइते मध्ये चार जनालाई हेलिकप्टर मार्फत काठमाडौँ लगिएको छ । 

 ज्वालामुखी ५ खरीका बलराम अधिकारी, संगिता तामाङ, राजाराम अधिकारी र मिना श्रेष्ठलाई हेलिकप्टर मार्फत उपचारका लागि काठमाडौँ लगिएको हो । घाइते मध्ये अन्य चार जनालाई सामान्य उपचार पछि एम्बुलेन्समार्फत काठमाडौँ रिफर गरिएको प्रहरीले जनाएको छ । अन्य सामान्य घाइतेहरुको धादिङ अस्पतालमा उपचार भइरहेको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.