Advertisement

कांग्रेसको वडा तहको अधिवेशन फेरि सर्ने !

0 963

Advertisement

 १३ भदाै, काठमाडाैँ । नेपाली कांग्रेसको वडा तहको अधिवेशन पुनः सर्ने भएको छ। क्रियाशील सदस्यताको सूची प्रकाशित गर्न ढिलो भएसँगै वडा तहको अधिवेशन केही दिन पर सर्ने भएको हो।

हालसम्म ५३ जिल्लाका क्रियाशील सदस्यहरुको सूची प्रकाशित गरिएको छ। वडा तहको अधिवेशनका लागि पाँच दिन मात्रै बाँकी छ। २४ जिल्लाका क्रियाशील सदस्यताको टुंगो हालसम्म लागेको छैन।

पार्टीले किस्ता/किस्ता गरी क्रियाशील सदस्यको सूची निर्वाचन समितिलाई उपलब्ध गराएको छ। निर्वाचन समितिलाई हालसम्म सबै जिल्लाको सूची प्राप्त नभएकाले भदौ १८ मा वडा अधिवेशन हुन नसक्ने बताइएको छ।

वडा अधिवेशनलाई चार दिन पर सार्ने तयारी गरिएको छ। ‘क्रियाशील सदस्यताको सूची सबै जिल्लाको सार्वजनिक भएको छैन। सबै जिल्लामा एकैपटक वडा अधिवेशन गर्ने गरी २/४ दिन अधिवेशन पर सर्नसक्छ,’ नेता गुरुराज घिमिरेले भने।

हालसम्म क्रियाशील सदस्यता टुंगिएका जिल्लामा निर्वाचन समितिले निर्वाचन अधिकृत खटाएको छ। समितिका संयोजक महादेव यादवले आइतबार (आज) क्रियाशील सदस्यता प्राप्त गर्न नसके भदौ १८ मा अधिवेशन गर्न सम्भव नहुने बताए। पार्टी नेतृत्वलाई उक्त विषयमा जानकारी गराइसकेको उनले बताए। निर्वाचन अधिकृत चयन र उनीहरुलाई तालिम प्रदान गर्न समयाभाव रहेको समितिले जानकारी गराएको छ।

महाधिवेशनका लागि बनाइएको कार्यतालिका कांग्रेसले छैटौं पटकसम्म प्रभावित भएको छ। साउन ३० गते बसेको केन्द्रीय समितिको बैठकले नयाँ कार्यतालिका सार्वजनिक गरेको थियो। गाउँ/नगर वडा अधिवेशन भाद्र १८ को लागि तोकिएको थियो।

वडा अधिवेशन प्रभावित बनेपनि अन्य संरचनाका अधिवेशनको मिति परिवर्तन नहुने बताइएको छ। गाउँ/नगरपालिका अधिवेशन भाद्र २७ को लागि निर्धारण गरिएको छ। प्रदेश सभा क्षेत्रीय अधिवेशन असोज १ र प्रतिनिधि सभा क्षेत्रको अधिवेशन असोज ५ मा हुने भएको छ।

एक भन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएका जिल्लाको अधिवेशन असोज १० मा हुने गरी नयाँ कार्यतालिका ल्याइएको छ। प्रतिनिधि सभा क्षेत्रको अधिवेशन सकिएको एक महिनापछि प्रदेश अधिवेशनको मिति तय गरिएको छ। प्रदेश अधिवेशन कार्तिक १०, ११ र १२ गतेका लागि तोकिएको छ। १४ औं महाधिवेशन मंसिर ९ देखि १३ सम्म हुने गरी मिति निर्धारण गरिएको छ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.