नेकपा (एकीकृत समाजवादी)का तर्फबाट प्रतिनिधिसभा र राष्ट्रियसभाको संसदीय दलको नेता चयन
१३ भदौ, काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का तर्फबाट प्रतिनिधिसभा र राष्ट्रियसभाको संसदीय दलको नेता चयन गरिएको छ।
आइतबार नयाँ बानेश्वरस्थित संसद् भवनमा बसेको उक्त पार्टीको दलको बैठकले प्रतिनिधिसभा संसदीय दलको नेतामा माधवकुमार नेपाल र राष्ट्रियसभाको संसदीय दलको नेतामा वेदुराम भुसाललाई चयन गरेको एक सांसदले जानकारी दिए ।
एमालेबाट भदौ ९ गते विभाजित भएर बनेको नेकपा(एस)ले दलको मान्यता पाएको थियो। बैठकले संसदीय दलको विधान मस्यौदा समिति गठन गरेको छ। समितिमा भवानी खापुङ, निरादेवी जैरु, शेरबहादुर कुँवर, लक्ष्मी चौधरी र ठगेन्द्रप्रकाश पुरी छन् ।