Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

हेटौँडा–काठमाडौँ सडक पुनः अवरुद्ध

0 150

१३ भदाै, वाग्मती । निरन्तर वर्षाका कारण मकवानपुरको ईन्द्रसरोवर गाउँपालिकाको थिङ्डाँडामा पहिरो जाँदा हेटौँडा–काठमाडौँ जोड्ने छोटो दूरीको सडक अहिले पुनःअवरुद्ध भएको छ ।

ईन्द्रसरोवर– ३ थिङ्डाँडामा पहिरो जाँदा अहिले उक्त सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिनुभयो । अहिले पनि पहिरो हटाउने क्रम जारी छ ।

प्रहरीका अनुसार लेदो माटोसहितको ठूलो पहिरो खसेको र वर्षा भइरेहको हुँदा पहिरो पन्छाउन समस्या भएको हो । यसअघि शुक्रबार र शनिबार पनि भीमफेदी गाउापालिका–६ देउराली नजिकै पहिरो जाँदा सडक अवरुद्ध भएको थियो । शनिबार साँझबाट उक्त सडक सञ्चालन भएको थियो ।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.