Advertisement

पोखरामा फिर्के पुलबाट जिप खोलामा खस्यो

0 551

Advertisement

१३ भदाै, पोखरा । पोखरामा फिर्के पुलबाट स्कार्पियो जिप खोलामा खसेको छ । पोखराको बागलुङ बसपार्कबाट जिरो किलोमिटरतर्फ जाँदै गरेको बेलायती दुतावास पोखराको ६०–०–४६७ नं को गाडी आज राति २ बजे अनियन्त्रित भइ फिर्के पुलबाट खसेको हो । 

बागलुङ बसपार्कबाट पर्स्याङ जिरो किलोमिटरतर्फ जाँदै गरेको जीप मध्यरातमा पुलको मुखमा गाडेको स्ट्याण्ड बोर्डलाई ढालेर खोलामा खसेको स्थानीयले बताएका छन् । 

गाडी पुलबाट अन्दाजी १० मिटर तल खोल्सामा खस्दा जिपमा भेटिएका चालक पोखरा –१६ बस्ने २९ वर्षीय विजय घले र गाडीमा सवार उनकी श्रीमती २८ वर्षीय दुर्गा गुरुङलाई आफन्तको जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता सुवास हमालले जानकारी दिए ।

घटनाको जानकारी लगत्तै वडा प्रहरी कार्यालय बगरबाट प्रहरी सहायक निरिक्षक सुनिल थापाको कमाण्डमा खटिएको प्रहरीको टोलीले गाडी चालक र महिलालाई उद्धार गरेर आफन्तको जिम्मामा पठाएको थियो । 

पोखरा महानगरपालिका वडा नं ४ र ५ को सिमानामा पर्ने उक्त पुल फराकिलो सडकमा साँघुरो भएका कारण बारम्बार दुर्घटना हुने गरेको छ । चाक्लो हाइवेको बीचमा साँघुरो पुल भएकाले बारम्बार यस्ता घटनाहरु भइरहने स्थानीयहरु बताउँछन् । 

उक्त स्थानमा दुर्घटना हुन नदिन पुल वरपर इन्डिकेटरका ट्राफिक डिभाइसहरु राख्नुपर्ने स्थानीयले  माग गरेका छन् । 



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.