Advertisement

कोरोना अपडेट: देशभर थप १८५७ जना नयाँ संक्रमित थपिए

0 910

Advertisement

१२ भदौ,काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा देशभर नयाँ संक्रमितभन्दा निको हुनेको संख्या बढी रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर थप १ हजार ८५७ जना नयाँ संक्रमित थपिएका हुन् ।

कूल १३ हजार १७६ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १ हजार ५१६ र एन्टिजेन विधिबाट ३४१ जनामा संक्रमण पुष्टि भएको छ ।

योसँगै देशमा पीसीआर विधिबाट ७ लाख ५८ हजार ८ र एन्टिजेन विधिबाट ८२ हजार ७९७ जनामा संक्रमण पुष्टि भइसकेको छ ।

गत २४ घण्टामा २ हजार २२२ जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ७ लाख १० हजार ४५२ पुगेको छ।

उक्त अवधिमा २७ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ६९० पुगेको छ।

हाल ३३ हजार ८३५ जना होम आइसोलेसन र ३ हजार ३१ जना संस्थागत आइसोलेसनमा छन्। ३४६ जना क्वारेन्टाइन, ६१५ जना आइसीयू र १७४ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.