Advertisement

इच्छुमती उद्यान र टुकुचा करिडोर शुभारम्भ

0 689

Advertisement

२ भदौ, काठमाडौं । इच्छुमती उद्यान र टुकुचा करिडोरको आज शुभारम्भ गरिएको छ ।

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले वडा नं २८ स्थित झिगु इच्छुमती पार्क र प्रदेशसभा सदस्य केशव स्थापितले शङ्करदेव क्याम्पसबाट प्रदर्शनी मार्ग जोड्ने टुकुचा करिडोरको शुभारम्भ गर्नुभएको हो ।

काठमाडौँ महानगरपालिकाको रु ३७ लाख ७० हजारको लागतमा सो उद्यान र प्रदेशसभा सदस्य स्थापितको संसदीय विकास कोषको रु एक करोड ३८ लाखको लागतमा टुकुचा करिडोर निर्माण भएको हो । उक्त करिडोर १४० मिटर लम्बाइको छ ।

सो अवसरमा प्रमुख शाक्यले भन्नुभयो, “रानीपोखरीको पहिलो चरणको काम सम्पन्न भएको छ । दोस्रो चरणमा शान्तिबाटिका विकास गर्दैछौँ । वडा नं १ मा कमलपोखरीको पहिलो चरणको काम सकिएको छ । दोस्रो चरणको काम हुँदैछ ।”

प्रदेशसभा सदस्य स्थापितले टुकुचामाथि घर बनाउनेको घर भत्काउनुपर्ने बताउँदै टुकुचा जहाँजहाँ बगेको छ । त्यहाँ त्यहाँ करिडोर बनाउनुपर्छ । दरबारभित्र पनि करिडोर बनाउनुपर्छ भन्नुभयो ।

कार्यक्रममा झिगु इच्छुमती खल उपभोक्ता समितिका अध्यक्ष मदन तण्डुकारले इच्छुमती नदीको संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो ।




मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.