१२ भदौ, काठमाडौं । नेपाल सरकारले अनलाईन फारम भर्ने व्यस्था मिलायतापनि फारम भर्दा कुनै समस्या भएमा कुनै प्राबिधिक समस्या परेमा सपोर्टलागि राखेको सम्पर्क नम्वर खाली छ । केही महिना अधि फोन नम्वर राखेको भएपनि फोन सम्पर्कमा कुनै सहयोग नगरेको आम नगरिको गुनासो छ । फोज लागेपनि फोन नउठाउने समस्या रहेको उनीहरुको गुनासो रहेको छ ।
नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोपका लागि बनाएको अनलाइन फारममा लेखिएको नम्बर ०००००००० लेखेको छ । नेपाल टेलिकम र एनसेल नम्बर लेखिएको स्थानमा यस्तो नम्बर लेखिएको हो । खोपका लागि सरकारले अनलाइन फर्म नभरेसम्म खोप नलगाउने भएपछि अनलाइन फर्म भर्न थालिएको हो ।
तर, सबै नेपालीले अनलाइन फर्म भर्न सक्ने अबस्था छैन । र उक्त फर्म भर्न नसक्नेले वा थप जानकारी चाहिएमा सम्पर्क नम्बरको स्थानमा टेलिमक र एनसेलमा दर्ता नै नभएका नम्बर राखिएकाले खोप लगाउने मानिसले फर्म भर्दा आउने समस्या हाल गर्न पाएका छैनन् ।
हामीले स्वास्थ्य मन्त्रालयमा सम्पर्क गर्दा स्वास्थ्य मन्त्रालयमा सहायक सूचना अधिकारी गणेश श्रीवास्तवले फारमा प्रयोग भएको नम्वरहरु कसैको व्यतिगत नम्वर भएकाले हटाएको डिजिटल खवरलाई जानकारी दिनुभयो ।
https://vaccine.mohp.gov.np/ फारमको अन्तिममा ०००० सम्पर्क नम्वर छ ।