Advertisement

बागमती प्रदेशको विद्युत् चुहावट कम हुँदै

0 996

Advertisement

१२ भदाै, बागमती । नेपाल विद्युत् प्राधिकरणको बागमती प्रदेश कार्यालय हेटौँडाको विद्युत् चुहावट कम हुँदै गएको छ । प्रदेश कार्यालयअन्तर्गतका छ विद्युत् कार्यालयको चुहावट घट्दै गएको बताइएको छ ।

सो कार्यालयअन्तर्गत आर्थिक वर्ष २०७६/२०७७ मा डिभिजन कार्यालयको विद्युत् चुहावट ८.०८ प्रतिशत रहेकामा गत आव २०७७/२०७८ मा ७.७२ प्रतिशतमा झरेको छ । उक्त कार्यालयको ६.३७ प्रतिशतमा चुहावट कम गर्ने लक्ष्य रहे पनि पुग्न सकेको छैन ।

नेपाल विद्युत् प्राधिकरण प्रदेश डिभिजन कार्यालय हेटौँडाअन्तर्गत मकवानपुर, चितवन र सिन्धुली गरी तीन जिल्लाका छ विद्युत् वितरण केन्द्र रहेका छन् । हेटौँडाअन्तर्गत हेटौँडा वितरण केन्द्र, पालुङ वितरण केन्द्र र टाँडी वितरण केन्द्र, भरतपुर वितरण केन्द्र चनौली र सिन्धुली वितरण केन्द्र रहेका छन् ।

चितवनको टाडी विद्युत् वितरण केन्द्रको विद्युत् चुहावट १२.७७ प्रतिशतमा झरेको छ । आव ०७६/२०७७ मा १६.५३ प्रतिशत रहेकामा गत आवमा चुहावट नियन्त्रणमा आएको बताइएको छ । टाडीको चुहावट १२.५० प्रतिशतमा झार्ने लक्ष्य रहेको छ । यसैगरी चितवनको भरतपुर वितरण केन्द्रमा पनि विद्युत् चुहावट दर घटेको छ । गत आव ५.४८ प्रतिशतमा विद्युत् चुहावट झरेको छ ।

त्यसैगरी सिन्धुलीको चनौली विद्युत् वितरण केन्द्रमा पनि विद्युत् चुहावट कम भएको बताइएको छ । अघिल्लो आव २०७६/2०७७ मा १६.३६ प्रतिशत चुहावट रहेकामा गत वर्ष १४.५१ प्रतिशतमा पुगेको छ । त्यहांँको विद्युत् चुहावट १२ प्रतिशतमा झार्ने लक्ष्य रहेको छ । त्यसैगरी सिन्धुली विद्युत् वितरण केन्द्रको विद्युत् चुहावट बढेको तथ्याङ्क पाइएको छ । अघिल्लो आव २०७७/२०७८ मा चुहावट बढेर १६.५२ प्रतिशतमा पुगेको छ । सिन्धुली वितरण केन्द्रले गत वर्ष छ प्रतिशतमा चुहावट झार्ने लक्ष्य लिएकामा १६.५२ प्रतिशत पुगेको छ ।

यसैगरी मकवानपुरको हेटाँैडा वितरण केन्द्रमा चुहावट केही बढेको पाइएको छ । गत वर्ष विद्युत् चुहावट ५.११ प्रतिशतमा पुगेको बताइएको छ । त्यस्तै मकवानपुरको उत्तरी क्षेत्रमा रहेका पालुङ वितरण केन्द्रको आव २०७७/२०७८ मा विद्युत् चुहावट केही बढेको जनाइएको छ । पालुङ वितरण केन्द्रले विद्युत् चुहावटलाई गत वर्षमा ७.५ प्रतिशतमा झार्ने लक्ष्य लिए पनि आव २०७६/2०७७ मा ८.३५ प्रतिशत चुहावट रहेको तर गत आवमा विद्युत् चुहावट २६.५५ प्रतिशत पुगेको बताइएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.