Advertisement

प्रधानन्यायाधीश संवैधानिक परिषद्को सुनुवाइमा नबस्ने

0 1,456

Advertisement

११ भदाै, काठमाडाैँ । प्रधानन्यायाधीश चोलन्द्रशम्शेर जबरा संवैधानिक परिषद्बाट भएका नियुक्ति बदर गर्न माग गर्दै परेको रिट निवेदनको सुनुवाइमा नबस्ने हुनुभएको छ ।

प्रधानन्यायाधीश जबरा तथा न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलासमा रिट निवेदकका तर्फबाट विपक्षी बनाइएको मुद्दामा प्रधानन्यायाधीश बस्न नमिल्ने भन्ने प्रश्न उठेपछि उहाँले नबस्ने निर्णय गर्नुभएको हो ।

सर्वोच्च अदालतका प्रेस विज्ञ किशोर पौडेलका अनुसार प्रधानन्यायाधीश राणा उक्त विवादको प्रारम्भिक सुनुवाइ र अन्तिम सुनुवाइका दिन सहजताका लागि बिदामा बस्नुहुनेछ ।

संविधानबमोजिम संवैधानिक इजलास प्रधानन्यायाधीशकै नेतृत्वमा गठन हुने भए पनि संवैधानिक परिषद्ले गरेका नियुक्ति बदर गर्ने मागको विवादमा प्र्रश्न उठेपछि उहाँ इजलासबाट बाहिरिनुभएको हो । उक्त मुद्दाको पेशी अर्को शुक्रबारका लागि तोकिएको छ ।

गत मङ्सिर ३० गते र त्यसपछि जारी भएका अध्यादेशविरुद्ध संवैधानिक इजलास प्रारम्भ हुनेबित्तिकै वरिष्ठ अधिवक्ता शम्भु थापा, दिनेश त्रिपाठी र अधिवक्ता ओमप्रकाश अर्यालले प्रधानन्यायाधीशले उक्त विवादमा सुनुवाइ गर्न नमिल्ने भनी प्रश्न उठाउनुभएको थियो ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.