Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

एक महिला र चिम्पान्जीबीच प्रेम सम्बन्ध, महिलालाई चिडियाखानामा जान प्रतिबन्ध

0 441

११ भाद्र, एजेन्सी । बेल्जियमकी एक महिला चिडियाखानामा रहेको चिम्पान्जीसंग प्रेममा परेकी छन् । यो घटना उनले स्वीकारेपछि उनलाई चिडियाखानामा प्रवेस गर्न प्रतिवन्ध लगाइएको छ । रमाइलो कुरा त के भने ति महिला मात्रै होइन चिम्पान्जी पनि ति महिला संग प्रेममा रहेको ति महिलाको दावी छ । साथै चिम्पान्जीको व्यवहारले पनि यो कुरा पुष्टी गर्छ । समाचार अनुसार यो घटना बेल्जियमको एन्तोएर्प चिडियाखानाको हो ।

एडी टिमरम्यान नामकी ती महिला हरेक हप्ता चिडियाखानामा आउने र ३८ वर्षको चिता नामक चिम्पान्जीको नजिक गएर कुराकानी गर्ने र लामो समय बिताउने गर्दथिन् । काँचको पिँजडाभित्र रहेको चिम्पान्जी र उनीबीच एक अर्कालाई हात हल्लाउने, काँचमा टाँसिएर चुम्बन गर्नेलगायतका क्रियाकलाप दिनभर चल्दथ्यो ।

उनको यस्तो क्रियाकलाप ४ वर्षसम्म लगातार चलेपछि चिडियाखानाका अधिकारीहरुले त्यस्तो अस्वभाविक मित्रताका विषयमा छानबिन अगाडि बढाए । त्यसक्रममा टिमरम्यानले आफूले चिम्पान्जीलाई माया गर्ने र उसले पनि आफूलाई माया गर्ने गरेको दाबी गरिन् । आफूहरूबीच प्रेम सम्बन्ध रहेको तर कुनै अनैतिक सम्बन्ध कायम नगरेको उनको भनाइ छ ।

चिडियाखानाका अधिकारीहरुले भने त्यस्तो प्रेम सम्बन्धले उक्त चिम्पान्जीलाई उल्टै असर गरेको र चिडियाखानामा रहेका अन्य चिम्पान्जीहरुसँगको उसको सम्बन्ध विकासमा बाधा पुगेको बताएका छन् । महिलाको प्रेममा फसेको उक्त चिम्पान्जीलाई उसको समूहका अन्य सदस्यहरुले मतलब नै गर्न छाडेको र एकलकाटे बन्दै गएको अधिकारीहरुको भनाई छ ।

उता ती महिलाले भने आफुलाई चिडियाखानामा प्रतिबन्ध लगाउँदा चिम्पान्जी र आफू दुवै निरास भएको बताएकी छिन् ।
मानिसहरु जनावरप्रेमी हुनु अर्थात् जनावरलाई माया गर्नु स्वभाविकै हो । तर कहिलेकाहीँ जनावरप्रतिको माया साँच्चीकै विपरीत लिंगी मानिससलाई गर्ने मायाजस्तै तथा आशक्तिमा परिणत हुँदो रहेछ भन्ने कुरा यो घटनाले देखाएको छ । एजेन्सीको सहयोगमा



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.