Advertisement

अध्ययन भन्छ : कोरोनाविरूद्ध फाइजर र अष्ट्राजेनेका खोपको प्रभावकारिता ६ महिनाभित्रै घट्छ

0 684

Advertisement

१० भदाै, एजेन्सी । लायतमा गरिएको एउटा अध्ययनले कोरोनाभाइरसविरूद्धका भ्याक्सिन फाइजर/बायोएनटेक र अक्स्फोर्ड/अष्ट्राजेनेकाको प्रभावकारिता छ महिनामै घट्न थाल्ने देखाएको छ।

समाचार संस्था रोयटर्सका अनुसार बेलायतको जेडओई नामक संस्थाले गरेको अनुसन्धानमा फाइजर खोप लगाएको पाँचदेखि छ महिनामा यसले कोरोनाबाट जोगाउने क्षमता ८८ देखि ७४ प्रतिशतसम्म घट्ने देखिएको छ। त्यस्तै अष्ट्राजेनेका भ्याक्सिन लगाएको चारदेखि पाँच महिनामा यसको प्रभावकारिता ७७ देखि ६७ प्रतिशतसम्म घट्छ।

जेडओईको यो अनुसन्धान १० लाखभन्दा बढी एप प्रयोगकर्ताहरूले दिएका विवरणमा आधारित थियो।

यी खोप लगाएका वयस्क मानिसहरूमा खोपको प्रभावकारिता कस्तो हुन्छ भन्नेबारे थाहा पाउन थप विवरण संकलन गर्नु पर्ने हुन्छ किनकी यो अध्ययनमा सहभागी भएकाहरू प्राय: वृद्धवृद्धा छन्। छ महिनाअघि कोरोनाको भ्याक्सिन लगाउनेमा उनीहरूलाई प्राथमिकतामा राखिएको थियो।

एकदमै नराम्रो परिस्थितिमा आउने हिउँदसम्म वृद्धवृद्धा र स्वास्थ्यकर्मीमा भाक्सिनको प्रभावकारिता ५० प्रतिशतभन्दा तल जान सक्ने जेडओईका सहसंस्थापक तथा अनुसन्धानकर्ता टिम स्पेक्टरले बताए।

‘यसले केही कुरा गर्नुपर्छ भन्ने देखाउँछ। संक्रमितहरू बढिरहेको र संक्रमण अझै उच्च हुने सम्भावना हुँदाहुँदै हामी खोपको प्रभावकारिता घटेको हेरेरमात्र बस्न सक्दैनौं,’ स्पेक्टरले भने।

अमेरिका, बेलायत र अन्य युरोपेली मुलुकले कोभिड-१९ विरूद्ध भ्याक्सिनको बुस्टर डोज पनि लगाउने तयारी गरिरहेका छन्। भ्याक्सिन विज्ञहरूले सेप्टेम्बरदेखि वृद्धवृद्धालाई तेस्रो डोज लगाउनु पर्ने हुन सक्ने बताएका छन्।

अमेरिकाले ८ महिनाअघि भ्याक्सिन लगाएकाहरूलाई सेप्टेम्बरको मध्यदेखि बुस्टर डोज लगाउने तयारी गरिरहेको छ।

बेलायतमै गरिकएको अर्को अध्ययनले डेल्टा भेरियन्टविरूद्ध फाइजर र अष्ट्राजेनेका भ्याक्सिनको प्रभावकारिता तीन महिनामै कम हुँदै जाने देखाएको थियो ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.