Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

मास्क खोल्न किन हतार ?

0 147

०८ भदौ, काठमाडौ । हामीलाई मास्क खोल्न हतार भइसक्यो । भीडभाड गर्ने मुड बनिसक्यो । जबकि कोरोना भाइरस ज्यूँका त्यूँ छ । यसबाट संक्रमित हुने र मृत्यु हुने क्रम पूर्णतः घटेको छैन । सुरक्षित र संयमित भएर आफ्नो दैनिक काम–व्यवहार गर्नु त पर्छ नै । तर, हामी कोरोनासँग खेलाँची गर्दैछौं ।

अमेरिकामा पुनः कोरोना भाइरस तीव्र रुपमा फैलिरहेको छ । अमेरिकामा पछिल्लो २४ घण्टामा ८४ हजार बढी संक्रमित देखिएका छन् । जबकि त्यहाँ ४९ दशमलव ७ प्रतिशतले खोपको पूरा डोज लगाइसकेका छन् । तैपनि अमेरिकामा मास्क र भौतिक दूरीको आवश्यक्ता कायम छ ।

अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन सीडीसी ले विद्यालयका बच्चा, शिक्षक र स्टाफलाई अनिवार्य मास्क लगाउन भनेको छ । सीडीसीले फ्लोरिडा र मिसौरीमा पूर्ण इम्युनाइज्ड व्यक्तिमा पनि डेल्टा भेरियन्ट फैलिएपछि मास्क अनिवार्य गरेको हो । अमेरिकामा डेल्टा भेरियन्टबाट संक्रमित हुनेहरु धेरै देखिएका छन् । छिमेकी भारतमा पनि यसको संक्रमण दर उच्च छ ।

तर नेपालमा धेरैले आफ्नो मुखबाट मास्क हटाइसके । भीडभाड बढ्न थाल्यो । यसले कोरोनाको जोखिमलाई अरु बढाइदिएको छ ।

हुन त कतिपयले कोरोना विरुद्धको खोप लगाइसकेका छन् । यद्यपि कोरोना खोप लगाएकाहरुमा पनि यो संक्रमण फैलिने जोखिम भने कम छैन । सीडीसीका अनुसार खोप लगाइसकेका व्यक्तिमा पनि संक्रमण देखिएको छ । रिसर्चले के पनि बताएको छ भने दुवै डोज खोप लिइसकेका मान्छेबाट पनि अरु व्यक्तिमा संक्रमण सर्ने जोखिम छ । सीडीसीले अमेरिकाको संक्रमित क्षेत्रमा अनिवार्य मास्क लगाउनुपर्ने जनाएको छ ।

संक्रमणबाट बच्न मास्क महत्वपूर्ण

कोरोना विरुद्ध खोप लगाइसकेपछि कोरोना संक्रमण हुँदैन भन्ने भ्रम धेरैमा छ । त्यही कारण उनीहरुमा मास्क नलगाउने, भीडभाड गर्ने प्रवृत्ति देखिन्छ । जबकि, उनीहरुको माध्यमबाट पनि कोरोना संक्रमण फैलन सक्ने अध्ययनहरुले देखाइसकेका छन् । अतः अहिलेको अवस्थामा कोरोना संक्रमण फैलन नदिनका लागि सबैभन्दा प्रभावकारी भनेको भौतिक दूरी कायम राख्नु र मास्क लगाउनु नै हो ।

युनाइटेड फुड एन्ड कमर्सियल वर्कर्स इन्टरनेशनलका अध्यक्ष मार्क पेरोन भन्छन्( भाइरसबाट फैलिने संक्रमण रोक्ने एक मात्र उपाय मास्क हो ।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.