Advertisement

रियलको ‘एम्बाप्पे सपना’ पूरा हुँदै ?

0 805

Advertisement

०८ भदाै, एजेन्सी । किलियान एम्बाप्पेलाई क्लबमा राख्ने सङ्घर्षमा पेरिस सेन्ट जर्मेनले अन्ततः हार मानेको छ । फ्रेन्च फरवार्डले करार नवीकरणका लागि क्लबले प्रस्तुत गरेका विभिन्न अफरहरू अस्वीकार गरेका छन् ।

यसबाट रियलका अध्यक्ष फ्लोरेन्टिनो पेरेज खुसी देखिएका छन् । एम्बाप्पेका लागि उनले अख्तियार गरेको ‘लामो खेल’ सफल भएको उनको बुझाइ छ र अब एम्बाप्पेलाई अनुबन्ध गर्ने रियलले तयारी सुरु गरेको स्पेनिस पत्रिका मार्काले जनाएको छ ।

फ्रेन्च खेलाडीको करार आगामी सिजन सकिँदैछ । यो सिजन लियोनेल मेस्सी र नेयमारसँग खेलाउन चाहे अर्को १२ महिनामा क्लबले उनलाई सित्तैमा गुमाउन सक्छ । उता फ्रेन्च मिडिया आरएमसीले पनि पीएसजीले एम्बाप्पेलाई बिक्री गर्ने तयारी गरेको उल्लेख गरेको छ । सोही पत्रिकाले सोमबार एम्बाप्पेले पीएसजीको पछिल्लो अफर अस्वीकार गरेको समाचार प्रकाशित गरेको थियो । अब एम्बाप्पेलाई बिक्री गरेर उनको स्थानमा नेयमारको सुझावअनुसार ब्राजिलका रिचार्लिसनलाई अनुबन्ध गर्ने तयारी पीएसजीले गरेको छ ।

आरएमसीका अनुसार पीएसजीले हालसम्म रियलबाट कुनै अफर भने प्राप्त गरेको छैन । प्रिमियर लिगबाट भने उसलाई एउटा अफर आएको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.