Advertisement

आगामी ३ दिनकाे माैसम जानकारी, कुनै कुनै ठाँउमा अत्याधिक बर्षा ? सतर्क रहन आग्रह

0 466

Advertisement


०८ भदाै, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान बुलेटिन प्रकाशित गरेको छ ।

असअनुसार नेपालमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ। मनसुनको न्युन चापिय रेखा नेपालको तराई भूभाग भन्दा केही दक्षिण तिर रहेको छ।

हाल मौसमको अवस्था 

हाल देशभर सामान्य देखि पूर्ण बदली रहि  प्रदेश नं १, गण्डकी, कर्णाली र सुदुर पश्चिम प्रदेशका केहि स्थानहरूमा तथा अन्य प्रदेशहरुका थोरै स्थानहरुमा हल्का देखि मध्यम खालको वर्षा भइरहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान 

२०७८ भाद्र ०८ गते (मगंलबार)

दिउँसो : देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  बागमती प्रदेश ,गण्डकी प्रदेश, कर्णाली र सुदुर पश्चिम प्रदेशका  एक वा दुई  स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।


राती : देशभर सामान्य देखि पूर्ण बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १ र गण्डकी प्रदेशका एक वा दुई स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।

२०७८ भाद्र ०९ गते (बुधबार)

दिउँसो : देशको अधिकांस भूभागमा सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

गण्डकी प्रदेश, लुम्विनी प्रदेश र सुदुर पश्चिम प्रदेशका  एक वा दुई स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।

राती : देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रदेश नं १, बागमती, गण्डकी प्रदेश र लुम्विनी, कर्णाली र सुदुर पश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेशका एक वा दुई स्थानहरुमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको देखिन्छ ।
 

२०७८ भाद्र १० गते (बिहिबार)

दिउँसो : देशको अधिकांस भूभागमा सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रदेश नं १, बागमती प्रदेश,  गण्डकी प्रदेश, लुम्विनी प्रदेश र प्रदेश नं २ का  थोरै  स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ। साथै गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना पनि रहेको देखिन्छ ।
 
रातीस् देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रदेश नं १,  बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका  थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ । साथै प्रदेश १ र कर्णाली प्रदेशका एक वा दुई स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श 
प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली र सुदुर पश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेकोले पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावकोको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.