Advertisement

लोक सेवाकै विधिमा इजरायलको परीक्षा

0 703

Advertisement

 ०७ भदाै, काठमाडाैँ । इजरायल रोजगारीमा जान इच्छुक आवेदनकहरूको लिखित र मौखिक परीक्षा सञ्चालन गर्दा लोक सेवा आयोगले अवलम्बन गरेको विधि उपयोग गरिने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सूचनामार्फत लिखित तथा मौखिक परीक्षा लोक सेवा आयोगले अवलम्बन गरेको विधिको उपयोग गर्ने निर्णय भएको जनाएको हो ।

सरकारले सम्झौताअनुसार इजरायल रोजगारी सरकारबाट हाल एक हजार सुुसारे (केयरगिभर) सहायक श्रमिकको माग भएकाले वैदेशिक रोजगार निर्देशिकाले तय गरेको प्रक्रियाबमोजिम नौ हजार ६९९ युुवाले आवेदन दिएका छन् । वैदेशिक रोजगार विभागले प्राप्त आवेदनहरूको राम्ररी अध्ययन गरिरहेको जनाएको छ । विभागबाट आवेदनहरूको अध्ययन गरी तयार हुने अन्तिम सूचीमा रहेका आवेदक लिखित परीक्षामा सहभागी हुनेछन् । 

इजरायलमा नेपालीलाई रोजगारी दिने विषय पूर्णतः योग्यता प्रणालीमा आधारित हुने मन्त्रालयले सूचनामा उल्लेख गरेको छ । मन्त्रालयका तर्फबाट सम्बद्ध कुनै पनि कानुनविपरीतका कार्य एवं गतिविधिमा संलग्न नहुन तथा कुनै प्रलोभनमा नपरी पूर्ण रूपमा विभागबाट सम्प्रेषित सूचनामा मात्र आधारित हुन अनुरोध गरेको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.