Advertisement

मुलुकभर थप १९२० जनामा कोरोना पुष्टि, २४ जनाको मृत्यु

0 361

Advertisement

०६ भाद्र, काठमाडौं । लकडाउनको मोडालिटी परिवर्तन भएसँगै नेपालमा पुनः दैनिक कोरोना संक्रमितको संख्या तीब्र रुपमा बढ्न थालेको छ । मुलुकभर पछिल्लो २४ घण्टामा १ हजार ९२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ५१६ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १ हजार ९२० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ९ हजार ४४३ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा १ हजार ७०२ जना र ३ हजार ७३ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा २ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ८ लाख २७ हजार ६४२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २२४८ जना कोरोनामुक्त भए, २४ को मृत्यु

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर २ हजार २४८ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ६ लाख ९८ हजार १७३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर १२ हजार ५१६ जनाको परीक्षण हुँदा हालसम्म कुल ४२ लाख ६३ हजार २४६ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा थप २४ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ५०९ पुगेको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.