Advertisement

भारतमा पहिलो डीएनए कोरोना खोपलाई अनुमति

0 1,291

Advertisement

०६ भदाै, काठमाडाै । भारतको औषधि नियामकले विश्वको पहिलो डीएनए कोरोना खोपलाई अनुमति दिएको छ । खोप निर्माता काडिला हेल्थकेयरले निर्माण गरेको जीकोभ–डी खोपलाई भारतीय खोप नियामकले अनुमति दिएको हो । कम्पनीले सार्वजनिक गरेको आन्तरिक अध्ययनको नतिजा अनुसार संक्रमण नियन्त्रणको लागि यो खोप ६६ प्रतिशत प्रभावकारी देखिएको छ ।

भारतीय कम्पनी काडिला हेल्थकेयरले वार्षिक रुपमा १२ करोड डोज कोरोना खोप उत्पादन गरिने बताएको छ । यो भारतीय कम्पनीले विकास गरेको दोस्रो कोरोना खोप हो । यसअघि डीएनए खोपले जनावरमा राम्रो काम गरेको भए पनि मानिसमा भने यस्तो खोप आएको थिएन ।

भारतमा अहिलेसम्म ५७ करोड डोज कोरोना खोप लगाइएको छ । भारतले कोभिशिल्ड, कोभ्याक्सिन र स्पुतनिक भी गरी तीनवटा कोरोना खोपलाई अनुमति दिएको छ । भारतमा करिब १३ प्रतिशत वयस्क मानिसले पूर्ण डोज कोरोना खोप लगाएका छन् भने ४७ प्रतिशतले कम्तीमा एक डोज कोरोना खोप पाएका छन् ।

काडिला हेल्थकेयरका अनुसार कम्पनीले अहिले अनुमति दिइएको खोप २८ हजार मानिसमा परीक्षण गरिएको थियो । यीमध्ये एक हजार जना १२ देखि १८ वर्ष उमेर समूहका थिए ।

डीएनए खोप आरएनए तथा एमआरएनए खोपको तुलनामा सस्तो, सुरक्षित र स्थिर हुने वैज्ञानिकहरु बताउँछन् । यो खोप २ देखि ८ डिग्री सेल्सियसको तापक्रममा राख्न सकिन्छ ।

एजेन्सीहरुको सहयोगमा

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.