Advertisement

चोरी आरोपमा समातिएका युवाको प्रहरी हिरासतमा मृत्यु

0 509

Advertisement

०६ भदाै, चौतारा । परिवार भन्छ– कुटेर मारियो, प्रहरी भन्छ– रक्सी खान नपाएपछि स्वास्थ्यमा समस्या

चोरी आरोपमा प्रहरी हिरासतमा रहेका एक युवाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय बाह्रविसेको प्रहरी हिरासतामा रहेका सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका–७ घुम्थाङका युवाको शुक्रबार बिहान उपचारको क्रममा काभ्रेको धुलिखेल अस्पतालमा मृत्यु भएको हो ।

घुम्थाङ–७ मा रहेको घुम्थाङ बचत तथा ऋण सहकारीमा साउन १७ गते राति कार्यालयको ढोका फोरेर ८१ ह्जार ७२५ रुपैयाँ चोरी भएको थियो । चोरीको आरोपमा प्रहरीले साउन १९ गते घुम्थाङकै ३२ वर्षका खडगबहादुर तामाङलाई चोरी भएको नगद ५८ हजारसहित पक्राउ गरेको थियो ।

प्रहरीले तामाङलाई म्याद थप गरेर इलाका प्रहरी कार्यालय बाह्रविसेको हिरासतमा राखेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी प्रमुख एसपी राजन अधिकारीले जानकारी दिए ।

प्रहरी हिरासतमा भएकै बेला उनी बिरामी भएपछि प्राथामिक स्वास्थ्य केन्द्र बाह्रविसेमा लगेर परिवारका सदस्यसहित उपचार गरिएको एसपी अधिकारीले जानकारी दिए । ‘हिरासतमा रहेका तामाङमा स्वास्थ्य समस्या रहेछ, हामीले उनको परिवारलाई पनि खबर गरेका थियौं’, एसपी अधिकारीले भने– ‘धुलिखेलमा उपचारका लागि पनि परिवारका मान्छेसहित पठाएका थियौं ।’

नियमित मादक पदार्थ सेवन गर्ने र प्रहरी हिरासतमा रहँदा मादक पदार्थ सेवन गर्न नपाएपछि उनको स्वास्थ्यमा समस्या आएको प्रहरीले जानकारी दिएको छ । ‘हिरासतमा हुँदा नै टाउको ठोक्ने, शरीरमका टोक्नेलगायत अस्वभाविक क्रियाकलप गरिएको सीसीटीभी फुटेजमा पनि देख्न सकिन्छ’, एसपी अधिकारीले भने– ‘उनको सबै गतिविधि प्रहरीको सीसीटीभीमा सुरक्षित छ ।’

तामाङका आफन्तहरुले भने हिरासत भित्र प्रहरीको कुटाइले मृत्यु भएको आरोप लगाएका छन् । ‘शरीरभर निलडाम र चोटपटक देख्न सकिन्छ । प्रहरी हिरासमतमा भएको व्यक्तिको शरीरमा कसरी चोटपटक लाग्छ ?’ मृतकका आफन्तहरुले प्रश्न गरेका छन् । तर प्रहरी भने आरोप स्वीकार गर्न तयार छैन ।

हिरासत कक्षमा हामीले सीसीटीभी जडान गरेका छौ,अरु आरोपीतहरु पनि हिरासतमा छन’, प्रहरी प्रमुख एसपी अधिकारीले भने, ‘घटनाको छानबिनका लागि डीएसपीको कमाण्डमा टोली पठाएका छौं । जिल्ला प्रहरी मातहातका कार्यालयमा हिरासत कक्षमा प्रहरीले सीसीटीभी राखेकाले त्यसबाट सबै प्रष्ट हुने प्रहरीले भनेको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.