Advertisement

बारा, सिरहा र उदयपुरमा भएका दुर्घटनामा ५ जनाको मृत्यु

0 771

Advertisement

०६ भदौ, काठमाडौँ । बारा, सिरहा र उदयपुरमा भएका सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । बारामा भएको दुर्घटनामा तीन जनाले तथा सिरहा र उदयपुरमा एक–एक जनाले ज्यान गुमाएका हुन् ।

बाराको जितपुर सिमरा उपमहानगरपालिका १६ टागियामा प्रदेश २, ०३–००२ प ५३३५ र बा ६५ प २७५६ नम्बरको अर्को मोटरसाइकल गएराति आपसमा ठोक्किँदा नुवाकोटको घुङताङ ३ का ४० वर्षीय टुलुराज तामाङ, बाराको निजगढ नगरपालिका ९ का १६ वर्षीय विकास साह र ३५ वर्षीया सुनैना देवी साहको मृत्यु भएको हो ।

गएराति साढे १० बजे भएको दुर्घटनामा उनीहरुको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय निजगढले जनाएको छ ।

यसैगरी सिरहाको धनगढीमाई नगरपालिका ६ मा स १० प ४२४७ नम्बरको मोटरसाइकलले ठक्कर दिंदा अन्दाजी १८ वर्षीय किशोरको मृत्यु भएको छ । गएराति साढे ११ बजे पैदल हिंडिरहेका ती किशोर मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएको र उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै उदयपुरको त्रियुगा नगरपालिका ३ लच्कामा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । गाईघाटबाट मोतीगडातर्फ आउँदै गरेको प्रदेश १, ०१–००५ प ३७१४ नम्बरको मोटरसाइकल शनिबार साँझ सवा ६ बजे विजुलीको पोलमा ठोक्किएर पल्टिंदा सोही मोटरसाइकलका चालक ३२ वर्षीय शान्तिराम राईको मृत्यु भएको हो ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.