Advertisement

चौतारीद्वारा कल्याणकारी कोष स्थापना

0 1,224

Advertisement

०६ भदाै काठमाडाैं । प्रेस चौतारी नेपाल जिल्ला शाखाको बैठकले पत्रकार कल्याणकारी कोष स्थापना गरी हरेक वर्ष पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । जिल्लाका क्रियाशील दुई पत्रकारलाई ‘जोखिम पत्रकारिता पुरस्कार’ प्रदान गरिने छ ।

शाखाको हालै सम्पन्न बैठकले ‘प्रेस चौतारी शैक्षिक प्रतिभा पुरस्कार’ प्रत्येक वर्ष दुई पत्रकारलाई वितरण गर्ने निर्णय समेत गरेको छ । पत्रकारिता विषयमा दश जोड दुई तथा स्नातक तहमा सबैभन्दा बढी अङ्क ल्याउने एक÷एक जनालाई उक्त पुरस्कार प्रदान गरिने जिल्ला अध्यक्ष सुवास पण्डितले जानकारी दिनुभयो ।

बैठकले कल्याणकारी कोष कार्यविधि–२०७८ लाई सुझावसहित पारित गरेको छ । दाताबाट प्राप्त सहयोग र विभिन्न क्रियाकलाप गरी आर्जित रकमलाई कोषमा राखेर वृद्धि गर्दै लगिने उहाँको भनाइ छ । बैठकले पोल्ट्री विज्ञ डा तिलचन्द्र भट्टराई तथा प्रा डा शारदा थपलियाले स्थापना गर्नुभएको शारदा–तिलचन्द्र भट्टराई पत्रकारिकता पुरस्कार कार्यविधि–२०७८ लाई सुझावसहित पारित गरेको छ । बैठकले १५ सदस्यीय जिल्ला सचिवालय र सल्लाहकारसमेत चयन गरेको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.