गत पाँच सातामा ४८ लाखले लगाए कोरोनाको खोप, दुवै डोज लगाउनेको संख्या १३ प्रतिशत पुग्यो

0 432

०५ भदाै, काठमाडाै । प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्री भएयताको पाँच हप्तामा ४८ लाखभन्दा बढिले कोरोनो विरुद्धको खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । गत बिहीबारसम्ममा ४८ लाख ११ हजार ७ सय ३३ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । त्यसअघि झण्डै ३६ लाखले मात्रै कोराना विरुद्धको खोप लगाएका थिए भने अहिले खोप लगाउने संख्या ८५ लाख २० हजार ४ सय २१ पुगेको मन्त्रालयको भनाइ छ । दैनिक १ लाख ५० हजारको हाराहारीमा खोप लगाउने काम भइरहेको छ ।

त्यसमध्ये ४९ लाख ७ हजार ५ सय २३ जनाले कोरोनाको दुवै डोज खोप लगाएका छन्। त्यस्तै ३७ लाख ८ हजार ६ सय ८८ जनाले पहिलो डोज लगाएका छन् । अहिले कोरोनाको दुवै डोज खोप लगाउने जनसंख्या १३ प्रतिशत पुगेको पुगेको छ ।

भने पहिलो डोज लगाउने १६ दशमलव ८ प्रतिशत छन् । देउवा प्रधानमन्त्री हुनुभन्दा अघि दुवै डोज खोप लगाउनेको संख्या ३ दशमल ९ प्रतिशत मात्रै थियो भने पहिलो डोज खोप लगाउनेको संख्या ९ दशमलव १ प्रतिशत मात्रै थिए । पछिल्लो पाँच हप्तामा कोरोनाको खोप लगाउनेको संख्या झण्डै दोब्बर पुगेको मन्त्रालयको भनाइ छ । 

सरकारले असोज मसान्तसम्ममा ३३ प्रतिशत जनतालाई कोरोना विरुद्धको खोप निःशुल्क लगाउने घोषणा गरेको छ । चैत मसान्तसम्म खोप लगाउने सबै जनतालाई निःशुल्क खोप दिलाउने प्रधानमन्त्री देउवाको तयारी रहेको मन्त्रालयको भनाइ छ । 

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.