Advertisement

विरोधीप्रति आक्रामक बन्दै तालिबान, घरघरमा पुगेर बदला

0 919

Advertisement

०५ भदाै, एजेन्सी । अफगानिस्तानलाई नियन्त्रणमा लिएलगत्तै गत मंगलबार पहिलो पटक राजधानी काबुलमा पत्रकार सम्मेलनमा तालिबानका प्रवक्ता जाबिहुल्लाह मुजाहिदले सरकारी अधिकारी तथा यसअघिका आफ्ना विरोधीहरूसँग बदला नलिने बरु आममाफी दिने प्रतिबद्धता व्यक्त गरेका थिए। उनले महिला अधिकार र प्रेस स्वतन्त्रताको पनि रक्षा गर्ने विश्वास दिलाएका थिए।

तर त्यसको एक साता नपुग्दै तालिबानीहरू सरकारी अधिकारी तथा अमेरिकी सैनिक नेतृत्वको नेटो फोर्ससँग काम गरेका कामदारप्रति आक्रामक बन्न थालेका छन्। हतियारधारी तालिबानी लडाकु सरकारी अधिकारी तथा नेटो फोर्सलाई सहयोग गरेकाहरूको घरघरमा पुगेर आक्रमण गर्ने तथा उनीहरूका परिवारलाई धम्की दिन सुरु गरेका छन्।

संयुक्त राष्ट्रसंघले प्राप्त गरेको गोप्य कागजातमा तालिबानले ठूलो संख्यामा मानिसलाई निसाना बनाइरहेको उल्लेख गरिएको छ। रिपोर्टमा भनिएको छ, ‘जबसम्म उनीहरूले तालिबानसँग आत्मसमर्पण गर्दैनन्, उनीहरूका तर्फबाट परिवारका सदस्यलाई गिरफ्तार गर्ने, मुद्दा चलाउने, सोधपुछ गर्ने र सजाय दिइनेछ।’ तालिबानको कालो सूचीमा रहेकाहरूको जीवन खतरामा रहेको र त्यहाँ ठूलो संख्यामा नागरिकको हत्या हुनसक्ने भन्दै चिन्ता व्यक्त गरिएको छ।

उनीहरूको भनाइ र गराइमा देखिएको भिन्नताले तालिबान नियन्त्रित अफागानिस्तानमा पुनः त्रासको वातावरण सिर्जना भएको छ। डरका कारण अफगान नागरिकबीच देश छोड्ने प्रतिस्पर्धा भइरहेका बेला तालिबानीहरूले आफ्नै प्रतिबद्धताविपरीतका गतिविधि गर्न थालेपछि त्यहाँ जटिलता थपिन सक्ने देखिएको छ। तालिबानको डरले अमेरिकी सेनाको विमानमार्फत देश छोड्ने प्रयास गर्दा केही व्यक्ति विमानबाट खसेर मृत्यु वरण गरेका छन्। देश छोड्न भागदौड गर्ने क्रममा भएको गोलीबारीमा परेर समेत दर्जन बढीले ज्यान गुमाएका छन्। अहिले पनि अफगानिस्तान छोड्न चाहने मानिसको संख्या निकै छ। काबुल विमानस्थल बाहिरको अवस्था अस्तव्यस्त रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। अहिले एकातर्फ तालिबान लडाकुले देश छोड्न खोज्ने अफगानीलाई रोकिरहेका छन् भने अर्काेतर्फ अफगानी नागरिकले विभिन्न सहरमा राष्ट्रिय झन्डासहित प्रदर्शन गरिरहेका छन्। प्रदर्शनमा तालिबान लडाकुले गोली चलाउँदा ठूलो मात्रामा हताहती भएको बताइएको छ।

अल्पसंख्यक समुदायमाथि यातना

तालिबान समूहले अल्पसंख्यक हजारा समुदायमाथि बर्बर खालको व्यवहार गरेको बिबिसीले उल्लेख गरेको छ। तालिबानले उक्त समुदायका कयौं सदस्यको हत्या गरेको र उनीहरूलाई यातना दिएको जनाइएको छ। जुलाईको सुरुतिर अफगानिस्तानको गजनी प्रान्तमा उक्त समुदायमाथि भएको बर्बर दमनका प्रमाण भेटिएको बिबिसीले जनाएको छ।

एमनेस्टीले उक्त घटनालाई तालिबानी शासनको भयावह संकेत भनेको छ। एम्नेस्टीको बिहीबार प्रकाशित रिपोर्टमा मलिस्तान जिल्लामा ४ देखि ६ जुलाईको अवधिमा हजारा समुदायका नौजनाको हत्या भएको उल्लेख गरिएको छ। हजारा समुदायमाथि भएको दमन र हत्यापछि अधिकारवादी समूहहरूले प्रत्यक्षदर्शीसँग कुराकानी गरेका थिए भने त्यति बेला खिचिएका तस्बिरको पनि समीक्षा गरिएको थियो।

हजारा समुदाय अफगानिस्तानको तेस्रो ठूलो जातीय समुदाय हो। सिया समुदायका उनीहरूलाई पाकिस्तान तथा अफगानिस्तानको सुन्नी मुस्लिम समुदायले लामो समयदेखि विभेद गर्दै आएको छ।

फेसबुकको सुरक्षा योजना

तालिबानहरूले अफगानी नागरिकलाई सामाजिक सञ्जालमार्फत निसाना बनाउन सक्ने भन्दै फेसबुकले अफगानी प्रयोगकर्ताको एकाउन्टबाट ‘फ्रेन्ड लिस्ट’ हेर्न र खोज्न मिल्ने विशेषतालाई हटाइदिएको छ। व्यावसायिक नेटवर्किङ माध्यम लिङ्कडेनले पनि अफगानिस्तानमा एक अर्कासँगको सम्पर्कसम्बन्धी विशेषतालाई हटाइसकेको छ।

‘हामीले अफगानी जनताका लागि फेसबुकमा एक क्लिक टुल सुरुवात गरेका छौं। जसले उनीहरूको एकाउन्ट तत्कालै बन्द गर्न मद्दत गर्नेछ। जब उनीहरूको एकाउन्ट बन्द हुनेछ, उनीहरूको साथी नभएको व्यक्तिले उनीहरूको प्रोफाइल तस्बिर डाउनलोड गर्न र आफ्नो टाइमलाइनमा सेयर गर्न वा देख्न सक्ने छैन,’ फेसबुकका सुरक्षा नीतिसम्बन्धी प्रमुख नाथानियल ग्लइचरले बिहीबार भनेका छन्। फेसबुक स्वामित्वको इन्स्टाग्रामलाई पनि कसरी सुरक्षित राख्ने भन्नेबारेमा प्रयोगकर्तालाई सचेत बनाएको फेसबुकले जनाएको छ। फेसबुकले तालिबानी समूह आतंकवादी संगठन भएका कारण उनीहरूका सामग्रीमाथिको प्रतिबन्धलाई निरन्तरता दिइएको जनाएको छ।

भारतीय वाणिज्य दूतावासमा तोडफोड

तालिबानी विद्रोही संगठनले कंधार र हेरातमा रहेका भारतीय वाणिज्य दूतावासमा तोडफोडसहित खानतलासी गरेको छ। तालिबान लडाकु बन्द अवस्थामा रहेका भारतीय वाणिज्य दूतावासमा ताला तोडेर भित्र पसेका थिए। उनीहरूले दूतावासमा रहेका कागजात तथा सवारीसाधन सँगै लिएर गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.