Advertisement

नेकपा एकीकृत समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता

0 1,156

Advertisement

०४ भाद्र, काठमाडौँ । एमाले विभाजन गरी नयाँ दल दर्ताको लागि निवेदन दिएको माधवकुमार नेपाल समूहले आफ्नो दलको नामबाट एमाले झिकेको छ । अब नेपाल अध्यक्ष रहेको पार्टीको नाम ‘नेकपा एकीकृत समाजवादी’ रहने छ । यसअघि नेकपा एमाले (समाजवादी) नाम राखेर दल दर्ताको लागि निर्वाचन आयोगमा निवेदन दिए पनि आयोगले एमाले नाम जुधेको भन्दै नाम संशोधन गर्न भनेको थियो ।

‘अस्ति आएर एउटा निवेदन दिनुभयो । नियमावली संसोधन नभई आएको भएर त्यसले कानुनी मान्यता पाउँदैनथ्यो । आजबाट बाटो खुल्यो, नियमावली संशोधन भयो,’ प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले भने, ‘एमालेले हाम्रो पार्टीसँग मिल्दो नाम भएको अर्काे पार्टी दर्ता नहोस् भनी आज निवेदन दियो । आयोगले पनि २०७७ फागुन २३ को फैसलासहित छलफल गरेर संशोधित नियमावलीको ढाँचा अनुरुप विवरण भर्न लगायो ।’

उनले नेकपा एकीकृत समाजवादी पार्टी दर्ता भइसकेको पनि बताए । ‘उहाँहरु संशोधित नियमावलीको ढाँचा अनुरुप दर्ता गर्न आउनु भयो । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) चाहिँ दर्ता नै भइसक्यो,’ थपलियाले भने । आयोगमा नयाँ दल दर्ताका लागि नेपाल समूहका राजेन्द्र पाण्डेसहितका नेताहरु पुगेका थिए ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.