Advertisement

आमाले घर छाडेपछि जुम्ल्याहा बालबालिकाको बिचल्ली

0 1,383

Advertisement

०४ भदाै, दमौली । तनहुँको बन्दीपुर गाउँपालिका–४ चौकीटोलकी एक महिलाले घर छाडेर हिँडेपछि जुम्ल्याहा बालबालिकाको बिचल्ली भएको छ । स्थानीय सङ्गीता तामाङ गन्धर्वले यही भदौ १ गतेदेखि घर छाडेर हिँडेपछि जुम्ल्याहा बालबालिकाको बिचल्ली भएको हो ।

केही दिन अगाडि श्रीमान्–श्रीमतीको झगडा परेपछि उहाँ घर छाडेर हिँडेको बताइएको छ । उहाँ हराएको बारेमा परिवारले बिहीबार गाउँपालिकालाई जानकारी गराएको छ । गाउँपालिकाले प्रहरीलाई खबर गरेर उहाँको खोजीका लागि अनुरोध गरेको उपाध्यक्ष करुणा गुरुङले जानकारी दिनुभयो । “ती महिला हराएका बारेमा गाउँपालिकामा जानकारी आएपछि प्रहरीको सहयोगमा खोजी गरिरहेका छौँ”, उहाँले भन्नुभयो । ती महिलाले मोबाइल फोन घरमै छाडेको छ । “ती महिलाको आमासँग कुरा गरेका छौँ, माइती पनि नगएको जानकारीमा आयो”, गुरुङले भन्नुभयो ।

उस्मानका लागि सहयोग जुट्दै

विश्वकै दुर्लभ रोगबाट ग्रसित नौ महिने बालकको उपचारका लागि सहयोग जुट्ने क्रम जारी छ । ‘स्पाइनल मस्कुलर एट्रोफी’ रोगबाट ग्रसित शुक्लागण्डकी नगरपालिका–५ का मोहम्मद उस्मान अलीको उपचारका लागि देश तथा विदेशबाट सहयोग जुटिरहेको छ ।

उनको उपचारमा सघाउन जिल्लाका युवाले आर्थिक सङ्कलनलाई तीव्रता दिएका छन् । रकम सङ्कलनका लागि उनीहरुले घरदैलोदेखि सामाजिक सञ्जालमार्फत सहयोगको अपिल गरिरहेका छन् । यसैक्रममा शुक्लागण्डकीस्थित गल्छिनाका युवायुवतीले राजमार्गमै सहयोगको अपिल गरेर रु एक लाख दुई हजार ५२२ सङ्कलन गरेका छन् । खैरेनी र दुलेगौडास्थित बस रोक्ने ठाउँमा बसेर सहयोगको अपिल गर्दा उक्त रकम सङ्कलन भएको स्थानीयवासी रुकिया खातुनले जानकारी दिनुभयो ।

यसैगरी खैरेनी युवा क्लबले घरदैलोमार्फत सङ्कलन भएको रु ५५ हजार ५५५ बालकका आफन्तलाई हस्तान्तरण गरेको छ । घरदैलोबाट सङ्कलित ४४ हजार ३४० र के गाइजबाट रु ११ हजार २१५ गरी रु ५५ हजार ५५५ क्लबका अध्यक्ष सुरज थापाले बालकका हजुरबुवालाई हस्तान्तरण गर्नुभयो । निकै महङ्गो उपचार लाग्ने भएकाले पीडित परिवारले सहयोगको आग्रह गरेको छ । ती बालकमा जन्मिएको तीन महिनामै एसएमए रोगको लक्षण देखिएको परिवारले जनाएको छ ।

स्थानीय तहमा बारअनुसार सेवा

कोभिड–१९ को सङ्क्रमण दिनदिनै बढ्दै गइरहेको र कार्यालयमा सेवाग्राहीको चाप अत्यधिक बढेपछि जिल्ला प्रशासन कार्यालयले अब बारअनुसार सेवा प्रवाह गर्ने भएको छ । दश स्थानीय तह रहेको जिल्लाका नागरिकलाई कार्यालयले यही भदौ ७ गतेदेखि बारअनुसार सेवाप्रवाह गर्न लागेको हो ।

कार्यालयमा अत्यावश्यक सेवाबाहेक अन्य सबै किसिमका दैनिक सेवा लिन आउने सेवाग्राहीको सङ्ख्या अत्यधिक बढेकाले यस्तो व्यवस्था सुरु गर्न लागिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिनुभयो । “कार्यालय तथा बजारमा मानिसको भीडभाडसँगै सङ्क्रमण पनि बढेको हुँदा मानिसको आवागमन कम गर्न यही भदौ ७ गतेदेखि अर्को व्यवस्था नभएसम्मका लागि स्थानीय तहगतरूपमा सेवाप्रवाहको व्यवस्था मिलाएका छौँ”, बरालले भन्नुभयो ।

कार्यालयका अनुसार आइतबार शुक्लागण्डकी नगरपालिका, भानु नगरपालिका, आँबुखैरेनी गाउँपालिका र ऋषिङ गाउँपालिका, सोमबार व्यास नगरपालिका र म्याग्दे गाउँपालिका, मङ्गलबार शुक्लागण्डकी नगरपालिका, घिरिङ गाउँपालिका र ऋषिङ गाउँपालिकाका जनताले सेवा लिन पाउनेछन् । बुधबार भिमाद नगरपालिका, म्याग्दे गाउँपालिका, ऋषिङ गाउँपालिका, देवघाट गाउँपालिका, बन्दीपुर गाउँपालिका तथा बिहीबार आँबुखैरेनी गाउँपालिका, देवघाट गाउँपालिका, भिमाद नगरपालिका र भानु नगरपालिका एवं शुक्रबार व्यास नगरपालिका र बन्दीपुर गाउँपालिकाका जनताले सेवा लिन पाउनेछन् ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.