Advertisement

सिडिएससिद्वारा मेरो शेयरको पासवर्ड परिवर्तन गर्ने फिचर थप

0 656

Advertisement

०४ भदौ, काठमाडौं । सिडिएससिले शुक्रवारदेखि मेरो शेयरको पासवर्ड परिवर्तन गर्ने फिचर थप गरेको छ।सिडिएससिले मेरो शेयरको वेबसाइटमा उक्त फिचर थप गरेको हो।

फिचर थप गरेसँगै सर्वसाधारणले अब आँफै पासवर्ड परिवर्तन गर्न सक्ने छन्। कसैले मेरो शेयरको पासवर्ड बिर्सिएको भए फरगेट पासवर्डमा गएर किल्क गर्न सक्ने छन्। उक्त फिचरमा किल्क गरेसँगै लगानीकर्ताले आफ्नो निक्षेप सदस्यको नाम दाखिला गर्नु पर्ने छ।

साथै आफ्नो युजर नेम र जन्म मिति दाखिला गरेपछि पासवर्ड परिवर्तन हुनेछ। परिवर्तित पासवर्ड सिस्टमले नै इमेलमा पठाउने छ। इमेलमा आएको पासवर्ड प्रयोग गरी खाता चलाउन सक्ने सिडिएससिको भनाई छ।

यस अघि भने पासवर्ड बिर्सिदा सर्वसाधारणले निक्षेप सदस्यहरूलाई नै भन्नु पर्ने स्थिति रहेको थियो। जसले गर्दा समय लाग्ने गरेको थियो। तर अब सर्वसाधारणले नै पासवर्ड परिवर्तन गर्न सक्ने भएपछि सर्वसाधारणको समय समेत बचत हुने सिडिएससिको भनाइ छ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.