सुनको मूल्य बढ्यो
०४ भदौ, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य प्रतितोला ९० हजार ८ सयमा कारोबार भएकोमा आज तोलामा चार सयले बढेको हो ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार २ सय रहेको छ भने तेजावी सुनको मूल्य ९० हजार सात सय रहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । हिजो चाँदीको मूल्य ११८० मा कारोबार भएकोमा आज बढेर तोलामा ११९५ कायम गरिएको महासंघले जनाएको छ ।