Advertisement

फेसबुकमा रिल्सकाे परीक्षण शुरु

0 1,121

Advertisement

०४ भदाै, एजेन्सी । अमेरिकाका केही यूजरहरुका लागि फेसबुक टिकटकजस्तै देखिने भएको छ। आज कम्पनीले फेसबुक रील्स स्टेटसाइडको परीक्षण गरिएको बताएको छ। यसले टिकटकजस्तै भिडियोहरुलाई फेसबुक प्लेटफर्ममा ल्याउनेछ।

यो फिचर अमेरिकामा केही यूजरको फेसबुकको न्यूज फीड तथा ग्रुपमा देखिनेछ जहाँ मानिसहरुले सँगै यी सामग्री हेर्न सक्नेछन्। कम्पनीले यो सेवाको यसअघि नै भारत, मेक्सिको तथा क्यानडामा परीक्षण गरिसकेको छ भने अहिले अमेरिकाको सानो समूहमा गरिएको परीक्षण त्यसैको विस्तार मात्र हो।

यो परीक्षणका क्रममा इन्स्टाग्राम यूजरले समेत आफ्ना रील्स पोस्ट फेसबुकमा राख्न सक्नेछन्।

मानिसहरुले फेसबुकबाट रील्स बनाउन र हेर्न सक्छन्। यो फिचर मानिसहरुले आफूलाई अभिव्यक्त गर्न, रमाइला सामग्री खोज्न तथा सर्जकहरुलाई धेरैभन्दा धेरै मानिसहरुसम्म पुग्न सघाउ पुगोस् भन्ने उद्देश्यले डिजाइन गरिएको हो।

फेसबुकले यूजरले एपमा बिताउने समयको लगभग आधा भिडियो हेर्नमा बिताउने गरेकाले रील्सले छिटोछिटो प्रगति गरिरहेको बताएको छ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.