Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

माले समाजवादीको बैठकमा जान्छु, एकताको जिम्मा दिन प्रस्ताव गर्छु : वामदेव

0 128

०३ भदौ, काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले नेकपा एमाले समाजवादीको बैठकमा जाने भएका छन् । त्यहाँ गएर एकताको जिम्मेवारी आफूलाई दिन प्रस्ताव राख्ने र डेढ वर्षभित्रै पार्टी एकता गर्ने उनको दाबी छ ।

आफू नेतृत्वको राष्ट्रिय एकता अभियानको भर्चुअल बैठकमा माधव नेपाल नेतृत्वको एमाले समाजवादीको बैठकमा सहभागी हुने बताए । ‘माधव नेपाल नेतृत्वको बैठकमा म सबभन्दा पहिले प्रस्ताव राख्छु, एकताको जिम्मेवारी मलाई दिनुहोस् । उहाँले दिनुहुन्छ, मलाई विश्वास छ’, गौतमले भने ।

एमाले अध्यक्ष केपी ओलीले भने एकताको जिम्मेवारी नदिएको उनको गुनासो छ । ‘केपी ओलीतिर गएँ नि, केपी ओलीले त जिम्मै दिएनन् । मैले जिम्मेवारी मागेका थिएँ’ उनले भने, ‘तर माधव नेपालतिर गएपछि मलाई दिनुहुन्छ ।’

माधव नेपालले वार्ताको जिम्मेवारी दिए डेढ वर्षभित्रै एकता गर्ने उनको दाबी छ । भर्चुअल बैठकमा सहभागीहरूमध्ये केहीले माधव नेपालकै पार्टीमा सामेल हुनुपर्ने प्रस्ताव राखेका थिए भने केहीले एकता अभियानमै रहनुपर्ने अडान लिएका थिए ।

बैठकले भने दुवै तर्फसँग वार्ता र सम्वादको जिम्मेवारी संयोजक गौतमलाई दिने निर्णय गरेको एक सहभागी बताए । उनका अनुसार भर्चुअल बैठकमा ७७ जना सहभागी थिए ।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.