Advertisement

राप्तीमा ७ वटा वडा कार्यालयले आफ्नै भवन वाट सेवा दिदै २ वटा निर्माणाधिन अवस्थामा

0 1,216

Advertisement

तिर्थराज ज्ञवाली

०३ भाद्र, सिसहनिया(देउखुरी दाङ) । राप्ती गाउँपालिकामा ७ वटा वडा कार्यालयले आफ्नै भवन वाट सेवा दिदै २ वटा निर्माणाधिन अवस्थामा रहेका छन् ।

यस विच बुुधवार देखी राप्ती गाउँपालिका वडा नं ७ को कार्यालयले आफ्नै नवनिर्मित प्रशासनिक भवनबाट सेवा सुरु गरेको छ ।
बुधवार वडा नं ७ का नागरिकहरुको उपस्थीतीमा नवनिर्मित प्रशासनिक भवनको उद्घाटन गरि सेवा सुरु गरेको हो ।

वडा अध्यक्ष विद्याशरण चौधरीको अध्यक्षता, राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदिको प्रमुख आथित्यता तथा उपाध्यक्ष जगदम्वा कुमारी चौधरी, प्रमुख प्रशासकिय अधिकृत शोभाराम रिजालको विशिष्ट आथित्यतामा नवनिर्मित प्रशासनिक भवनको उद्घाटन गरिएको छ ।
कृषि, पर्यटन र पुर्वाधार राप्ती गाउँपालिकाको समृद्ध आधारको उदेश्य सहित सबै वडाको आफ्नै प्रशासनिक भवन बनाउने योजना अनुरुप वडा नं ७ को प्रशासनिक भवन निर्माण गरिएको थियो ।

भाडाको घरबाट हाल सम्म सेवा प्रवाह गरिदै आएकोमा नागरिकको सेवामा सहजता प्राप्त गर्न नसक्ने देखीएका कारण प्रशासनिक भवन निर्माण गरिएको बताईएको छ ।

प्रशासनिक भवनको उद्घाटन गर्दै राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदिले बड्का सिसहनिया, छोटकी सिसहनियाको सिमानामा निर्माण गरिएको वडा नं ७ को नवनिर्मित प्रशासनिक भवनबाट आगामी दिनमा सर्व सुलभ तथा सहज रुपमा सेवा प्रवाहमा सहयोग पुग्ने बताउनु भएको छ ।

शर्मा निर्माण सेवाले ७२ लाख ५८ हजारको लागतमा समयावधि भित्रै निर्माण सम्पन्न गरेको वडा नं ७ को प्रशासनिक भवन दुई तलामा ४ कोठा, २ हल सहित ६ शौचालय समेत निर्माण गरिएको छ ।

राप्ती गाउँपालिका वडा नं ७ को नयाँ कार्यालय भवनको उद्घाटन कार्यक्रममा प्रदिप राज शर्मा, असोदा चौधरी, भिमलाल चौधरी, नित्यानन्द शर्मा, शालिकराम पोख्रेल, सुरेश चौधरी, रन प्रसाद सुवेदि लगायतले नागरिकले सर्ब सुलभ सेवा प्राप्त गर्न र छिटो छरितो कार्य सम्पादनमा नयाँ भवन सहयोगी बनोस भनी शुभकामना समेत ब्यक्त गर्नु भएको छ ।

यो वडा नं ७ को वडा कार्यालय भवन उद्घाटन संगै राप्ती गाउँपालिकामा वडा नं १, २, ३, ५, ६, ७, ८ को कार्यालयले आफ्नै भवन बाट सेवा दिईरहेका छन् भने वडा नं ४ र ९ का भवनहरु निर्माणको क्रममा छन् ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.