Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

आलिया भट्टले गरिन् सिद्धार्थ र कियरा तारिफ

0 289

०२ भाद्र, एजेन्सी । आलिया भट्टले सिद्धार्थ मल्होत्रा र कियरा आडवानी अभिनीत ‘शेरशाह’ हेरेर फिल्मको मात्र तारिफ गरिनन्, फिल्मका मुख्य कलाकार सिद्धार्थ मल्होत्रा र कियरा आडवानीको पनि तारिफ गरिन् ।

कारगिलमा सहादत प्राप्त गरेका फौजी विक्रम बत्राको जिवनीमा बनेको फिल्मले मिश्रित प्रतिक्रिया पाएको छ । कसैले फिल्मको तािरफ गरेका छन् त कसैले आलोचना । जहाँसम्म मुम्बई उद्योगको कुरा छ, यहाँबाट भने फिल्मले तारिफ नै पाएको छ ।

फिल्म हेर्ने हरकोही कलाकारले फिल्म र कलाकारको कामको तारिफ गरेका छन् । यही क्रममा अभिनेत्री आलिया भट्टले पनि फिल्मबारे प्रतिक्रिया दिएकी छिन् । यो क्रममा उनले इन्स्टामा एउटा स्टोरी पोस्ट गर्दै उनले फिल्मले आफूलाई हँसाएको र रुवाएको बताएकी थिइन् । योबाहेक उनले सिद्धार्थ मल्होत्रा र कियराको अभिनयको पनि प्रशंसा गरेकी छिन् ।

आलियाले गरेको यो प्रशंसाले धेरैका कान ठाडा भएका छन् । खासगरि, सिद्धार्थ मल्होत्राको प्रशंसामा उनले खर्चेका शब्दलाई लिएर धेरैले रमाइलो मानेका छन् । यसो हुनुका कारण हो, दुवैको विगत । ‘स्टुडेन्ड अफ दि इयर’बाट एक साथ डेब्यु गरेका आलिया र सिद्धार्थले केही साल एक अर्कालाई डेट पनि गरेका थिए ।

सिद्धार्थ कियरा र आलिया रनवीर कपुरसँग नजिक हुनुअघि दुवै अफेयरमा थिए । तर खै किन यो जोडी छुट्यो । त्यसयता दुवैले सार्वजनिक रुपमा एकअर्काविरुद्ध टिप्पणी गरेको सुनिएको थिएन । यस्तोमा लामो समयपछि आलिया सिद्धार्थको प्रशंसा गरेकी हुन् । उनले सिद्धार्थलाई खास भएको बताएकी छिन् ।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.