Advertisement

विधान संशोधनका लागि एमालेद्वारा मातहतका कमिटीसँग सुझाव माग

0 447

Advertisement

०२ भदाै, काठमाडाैँ। प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले यही भदौ २७ र २८ गते काठमाडौँमा हुने पार्टीको विधान महाधिवेशनका लागि प्रस्तावित विधान संशोधनको मस्यौदामा सुझाव दिन मातहतका कमिटीलाई सर्कुलर गरेको छ ।

यही वर्ष हुने पार्टीको महाधिवेशनपूर्व नयाँ विधान ल्याउन एमालेका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा गत साउन २५ गते सम्पन्न केन्द्रीय कमिटीको बैठकले उक्त विधानको मस्यौदा तयार गरेको थियो ।

सङ्घीयतानुकूल बनाइएको मस्यादौमा पार्टीमा केन्द्रीय कमिटीको सङ्ख्या समावेशिताका आधारमा दुई सय २५ कायम गर्ने, अध्यक्ष र महासचिवबाहेकका पदाधिकारी केन्द्रीय कमिटीले निर्वाचित गर्ने, निर्वाचन चिन्हलाई सूर्यभित्र हँसिया हथौडा रहने गरी परिमार्जन गर्ने, जिल्ला कमिटीलाई समन्वयको भूमिका मात्र दिने, पार्टीका कार्यक्रममा राष्ट्रिय झन्डाको प्रयोग र राष्ट्रिय धुन बजाउनेलगायत प्रावधान राखिएको छ ।

विधानलाई अन्तिम रुप दिने सन्दर्भमा पार्टी केन्द्रको निर्देशनबमोजिम सुझाव सङ्कलनका लागि प्रदेश कमिटी सदस्य, केन्द्रीय विभागका सदस्य, जिल्ला कमिटीका पदाधिकारी/सदस्य, स्थानीय कमिटीका पदाधिकारी/सदस्य, जनसङ्गठनका केन्द्रीय सदस्य/ जिल्ला पदाधिकारी/सदस्यलगायत इच्छुक पार्टी सदस्यलाई सम्बन्धित कमिटीले आग्रह गरेको छ । सो पार्टीले विधान महाधिवेशनका लागि विभिन्न समिति गठन गरेको छ । एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेता भने नेतृत्वसँग असन्तुष्ट रहँदै आएका छन् ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.