Advertisement

भारतमा मङ्गलबार थप ३५ हजार १७८ कोरोना सङ्क्रमित थपिए

0 682

Advertisement

०२ भदौ, एजेन्सी । भारतमा पछिल्लो २४ घण्टामा ३५ हजार १७८ थप सङ्क्रमित थपिएका स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले बुधबार जानकारी दिएको छ ।

अहिले यहाँँ सक्रिय सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या तीन लाख ६७ हजार ४१५ जना सो मन्त्रालयले जनाएको छ । यो सङ्ख्या सन् २०२०को मार्चपछिकै सबैभन्दा कम भएको अधिकारीले जनाएका छन् । सक्रिय सङ्क्रमितको यो सङ्ख्या कूल सङ्क्रमितमध्येको १।१४ प्रतिशत हो ।

भारतमा अहिलेसम्म कोरोना भाइरसका कारण मृत्यु भएकाको कूल सङ्ख्या चार लाख ३२ हजार ५१९ रहेको छ भने, तीमध्ये ४४० जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो एक दिनमा ३७ हजार १६९ जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । योसँगै सङ्क्रमणमुक्त भएकाको कूल सङ्ख्या तीन करोड १४ लाख ८५ हजार ९२३ पुगेको छ । कूल सङ्क्रमितमध्ये ९७।५२ प्रतिशत सङ्क्रमित सङ्क्रमणमुक्त भएका छन् । भारतमा अहिलेसम्म कूल सङ्क्रमितको सङ्ख्या तीन करोड २२ लाख ८५ हजार ८५७ पुगेको छ ।

यही अगस्त १७ सम्ममा भारतमा ४९ करोड ८४ लाख २७ हजार ८३ ओटा स्वाब परीक्षण गरेको भारतीय चिकित्सा अनुसन्धान परिषद्ले जनाएको छ । तीमध्ये १७ लाख ९७ हजार ५५९ जनाको पछिल्लो एक दिनमा परीक्षण गरिएको हो ।

भारतमा गत १६ जनवरीदेखि कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म ५६ करोड छ लाख ५२ हजार ३० डोज खोप लगाइएको छ । पछिल्लो २४ घण्टाको समयाअवधिमा ५५ लाख पाँच हजार ७५ डोज खोप लगाइएको पनि स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.