Advertisement

विद्यार्थीलाई खोपपछि मात्र कक्षा १२ को परीक्षा : बोर्ड

0 1,254

Advertisement

०२ भदाै, काठमडाैँ । विद्यार्थीलाई कोरोना भाइरसविरुद्धको खोप लगाइसकेपछि मात्र कक्षा १२ को स्थगित परीक्षा सञ्चालन गर्ने तयारी गरिएको छ। खोप लगाएरपछि मात्र परीक्षा सञ्चालन गर्ने आन्तरिक तयारी राष्ट्रिय परीक्षा बोर्डले गरेको छ।

परीक्षामा सहभागी हुने तीन लाख ७४ हजार विद्यार्थीमध्ये ८४५ जनामात्र १८ वर्षभन्दा कम उमेरका रहेको बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले बताए।

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री र स्वास्थ्य सचिवलाई विद्यार्थीलाई खोपको व्यवस्था गर्न अनुरोध गरिएको बताउँदै बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले दुवै पक्षबाट सकारात्मक जवाफ प्राप्त भएको जानकारी दिए। 

सरकारले कक्षा १२ को विद्यार्थीलाई खोप लगाउने सूचना जारी गरेको एक/दुई दिनभित्रै स्थगित परीक्षाको नयाँ कार्यतालिका सार्वजनिक गर्ने बोर्डको तयारी छ। विद्यार्थीले खोप लगाउन थालेपछि १५ दिनको सूचना दिएर कार्यतालिका सार्वजनिक गरी स्थगित परीक्षा सञ्चालन गरिने बोर्डको तयारी छ।

यसअघि साउन २३ गते सम्पन्न बोर्ड बैठकले साउन ३१ गतेदेखि तय गरिएको कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको थियो। खोप लगाइसकेपछिको अवस्थामा भौतिक दूरी कायम गरी परीक्षा सञ्चालन गर्न धेरै सहज हुने बोर्डका पदाधिकारीको भनाइ छ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.