Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

सुनको मूल्य बुधबार पनि बढ्यो

0 158

०२ भदाै, काठमाडाैँ । नेपाली बजारमा बुधबार पनि सुनको मूल्य बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा बुधबार सुन तोलाको २०० रुपैयाँले बढेको हो ।

महासंघका अनुसार बुधबारका लागि छापावाला सुनको भाउ तोलाको ९१ हजार २०० रुपैयाँ, तेजावी सुनको भाउ ९० हजार ७०० रुपैयाँ र चाँदीको भाउ १ हजार २०५ रुपैयाँ कायम भएको छ । मंगलबारको तुलनामा बुधबार चाँदी प्रतितोला ५ रुपैयाँले घटेको हो ।

मंगलबार छापावाला सुन प्रतितोला ९१ हजार रुपैयाँ, तेजावी सुन ९० हजार ५०० रुपैयाँ र चाँदी तोलाको १ हजार २१० रुपैयाँमा कारोबार भएको थियो ।

मंगलबार सुनको मूल्य प्रतितोला ४०० रुपैयाँ र चाँदी १० रुपैयाँले बढेर कारोबार भएको थियो ।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.