प्रतिनिधिसभा विघटनसम्बन्धी २९ वटा मुद्दा एकसाथ संवैधानिक इजलासमा

0 759

०२ भदौ, काठमाडौँ । दोस्रो प्रतिनिधिसभा विघटन विरुद्ध दर्ता भएका २९ वटा रिट निवेदनमाथि सर्वोच्च अदालतले बुधवार सुनुवाइ गर्दैछ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा २९ वटा रिट निवेदन एकसाथ पेशी चढेको छ ।

ती निवेदनमा तत्कालीन प्रधानमन्त्री ओलीको सिफारिस बदरदेखि राष्ट्रपतिको निर्णय बदरसम्मको माग छ । केही रिट निवेदनमा ओलीलाई नै प्रधानमन्त्री नियुक्त गरिनुपर्ने माग समेत थियो ।

सर्वोच्च अदालतको संवैधानिक इजलासले सबै निवेदनको एकसाथ सुनुवाइ गर्दा भद्रगोल हुने भन्दै निवेदकहरुमध्ये शेरबहादुर देउवाले दिएको निवेदन प्रत्यक्ष सरोकारित भएकाले त्यसको सुनुवाइ शुरुमा गर्ने आदेश गरेको थियो ।

सार्वजनिक सरोकार देखाई परेका निवेदनको तुलनामा प्रत्यक्ष सरोकार जोडिएको निवेदन प्राथमिकतामा पर्ने भन्दै सर्वोच्च अदालतले देउवाको निवेदन शुरुमा सुनुवाइ गरेको थियो ।

अरु निवेदनहरुको हकमा भने देउवाको निवेदनको निर्णय आएपछि त्यसको पूर्णपाठका साथ पेश गर्नू भनिएको थियो । त्यही आदेश अनुसार यी निवेदन पेशी चढेका हुन् । यससम्बन्धी विषय सम्बोधन भइसकेको भन्दै सर्वोच्च अदालतले २९ वटा निवेदनहरुलाई एकैसाथ टुंग्याउने सम्भावना छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.