Advertisement

माधव नेपालले गरे नयाँ पार्टी खोल्न लागेको घोषणा

0 483

Advertisement

०२ भाद्र, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नयाँ पार्टी खोल्न लागेको घोषणा गरेका छन् । आज आफूपक्षीय जनवर्गीय संगठनलाई सम्बोधन गर्दै नयाँ पार्टी खोल्न लागेको घोषणा गरेका छन् ।

अब हामी पार्टीलाई क्रान्तिकारी ढंगले बढाउनेछौं, नेता नेपालले नयाँ पार्टी खोल्ने घोषणा गर्दै आफूपक्षीय नेताहरुलाई भने, तपाईंहरु संगठन बनाउन लाग्नुहोस् निराश नहुनुहोस् । पार्टीमा आरोह अवरोह उकाली आरोलाी हुने भन्दै सशक्त रुपमा लाग्न भने ।

निकै जोसिलो रुपमा प्रस्तुत भएका उनले अलग भएर जाने स्पष्ट पार्दै चुनावमा एकता वा तालमेल पनि हुन सक्ने बताए । उनले भने, हामी एकताको ढोका सधै खुल्ला राखेर बढ्दैछौं । आफू जहिले पनि एकताको पक्षमा भएको तर केपी शर्मा ओली विभाजनको पक्षमा लागेको आरोप लगाए ।

कम्युनिस्ट पार्टीहरुको गठबन्धन या एकता पनि हुनसक्ने भन्दै उनले प्रचण्डसँग सहकार्य वा एकताको संकेत गरे । विचार र मन मिल्नेहरुसँग एकता वा सहकार्य जे सुकै हुनसक्ने बताए ।

नेकपा एमाले विभाजनको अन्तिम तयारी भइरहँदा नेता नेपालको पछिल्लो भनाई आएको हो । उनकै आग्रहमा प्रधानमन्त्री शेरबहादुर देउवाले अध्यादेश ल्याउन लगाएर दल विभाजन सजिलो बनाइदिएका छन् ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.