Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

प्रदेशसभा सदस्यलाई पदमुक्त गर्न एमालेको पत्र

0 119

०१ भदाै, रुपन्देही । नेकपा एमालेले लुम्बिनी प्रदेशसभाका सदस्यद्वय अजय शाही र विमला खत्री वलीलाई पदमुक्त गर्न सभामुखलाई पत्र बुझाएको छ ।

सूर्य चिह्न लिएर निर्वाचित शाही र वलीले पार्टी तथा संसदीय दलको विधान विपरीत गतिविधि गरेको भन्दै पदमुक्त गर्न सभामुख पूर्णबहादुर घर्तीलाई पत्र बुझाएको एमाले संसदीय दलका मुख्यसचेतक भूमिश्वर ढकालले जानकारी दिनुभयो । शाही प्रदेश सरकारका विना विभागीयमन्त्री हुनुहन्छ ।

शाही २०७४ सालमा सम्पन्न प्रदेशसभा सदस्य निर्वाचनमा नवलपरासीको क्षेत्र नं १ (ख) बाट सूर्य चिह्न लिएर निर्वाचित हुनुभएको थियो भने वली २०७६ मा तत्कालीन नेकपाका तर्फबाट दाङको निर्वाचन क्षेत्र नं ३ (ख) बाट उपनिर्वाचनमा निर्वाचित हुनुभएको थियो ।

शाहीले आफूलाई स्वतन्त्र सांसद भएकाले नेकपा एमालेको ह्विप नलाग्ने दाबी गर्दै आउनुभएको छ भने वलीले माओवादी प्रवेश गरेको बताउनुभएको छ ।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.