Advertisement

निगरानी समुह तथा मेलमिलाप कर्ताको बैठक न्याय र शान्ति स्थापनाका लागि काम गर्ने

0 773

Advertisement

तिर्थराज ज्ञवाली

०१ भदौ, मसुरीया (देउखुरी दाङ) । राप्ती गाउँपालिकामा निगरानी समुह तथा मेलमिलाप कर्ताहरुको बैठकले समाजमा देखापर्ने विक्रिति विसंगति विरुद्ध आवाज उठाउदै न्याय र शान्ति स्थापनाका लागि काम गर्दै जाने निणर्य गरेको छ ।


राप्ती गाउँपालिकाका ९ वटै वडाका निगरानि समुहका संयोजक तथा वडा नं १ र ४ का मेलमिलाप संयोजकहरुको सहभागीता भएको बैठकले यस आर्थिक वर्षमा समुहले गरेका कार्य प्रगतिको समिक्षा गर्दै न्याय र शान्ति स्थापनाका लागि थप काम गर्दै जाने प्रतिबद्धता जनाउनु भएको हो ।
राप्ती गाउँपालिका न्ययिक समिति संयोजक तथा उपाध्यक्ष जगदम्वा कुमारी चौधरीको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदिको प्रमुख आथित्यतामा भएको बैठकमा न्यायिक समिति सदस्य तारा बहादुर डिसी र विद्याशरण चौधरीले समाजमा देखा परेका विक्रिति विसंगतिको अवस्था चित्रण गर्दै निगरानी समुह तथा मेलमिलाप कर्ताको जिम्मेवारी बारे जानकारी गराउनु भएको थियो ।


राप्ती गाउँपालिका महिला वालवालिका तथा जेष्ठ नागरिक शाखाको समन्वयमा बसेको बैठकमा वडा नं १ देखी ८ सम्मका निगरानि समुहका संयोजकहरु गोमाया के.सी, मेनुका शर्मा, शारदा भण्डारी, गौरा जैसी, कमला रेग्मी, गीता चौधरी, अशोदा चौधरी, सीता चौधरी तथा मेलमिलाप कर्ता हस्त बहादुर गुरुङ, तुलसा गिरी, मसुरीया प्रहरी प्रमुख कणर् बहादुर शाहि, महिला वालवालिका तथा जेष्ठ नागरिक शाखा संयोजक जिवन कुमारी जिसी, कल्पना खनालले यस आर्थिक वर्षमा समुहले गरेका कार्य प्रगति प्रस्तुत गर्नु भएको थियो ।


बैठकले वडा भेला मार्फत निगरानि समुहको पुर्नगठन गर्ने निणर्य गरिएको छ । पुर्नगठन गर्न बाकी रहेका वडा नं १, ५, ६, ७ र ९ मा आगामी भदौ १६, १७, १८,२० र २१ गते भेला गरि नयाँ समिति निर्माण गरिने निणर्य गरिएको छ । साथै निगरानि समुहलाइृ काममा सहजता ल्याउन संयोजकहरुलाई परिचय पत्र निर्माण गरिने समेत निणर्य गरिएको छ ।


राप्ती क्षेत्रमा निगरानि समुहहरुले समाजमा रहेका विभिन्न सामाजिक, कार्यक्रहरुमा महिलाको सहभागिता सुनिश्चितताको लागि जनचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्ने, अन्धविश्वास, बाल विवाह, बहु विवाह जस्ता सामाजिक समस्याको पहिचान गरी सुधारका कार्यक्रमहरु सञ्चालन गर्ने, समाजमा हुने अन्याय, अत्याचार, विभिन्न घरेलु तथा महिला हिंसा विरुद्ध सामुहिक आवाज उठाउने, महिला तथा बालबालिकाको हक अधिकारको सुनिश्चितता गर्ने, विभिन्न सामाजिक, आर्थिक तथा जनसरोकारका विषयहरुकाम महिलाहरुलाई जागरुक गराउने, आफ्नो समुदायलाई वातावरण तथा बालमैत्री बनाउन पहल गर्ने लगायतका काम गर्दै आएका छन् ।


निगरानी समुहले न्यायिक समितिको क्षेत्राधिकारमा पर्ने विवादका प्रकृतिलाई समन्वय गरि न्यायिक समितिमा पुराउने र न्याय सम्पादनमा सहजता ल्याउने काम गर्दै आएको पाईएको छ ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.