Advertisement

‘अपाचे १६० टुभि’ नेपालमा सार्वजनिक

0 2,031

Advertisement

०१ भदौ, काठमाडौं । विश्वव्यापी रुपमा टू–ह्वीलर तथा थ्री–ह्वीलरको निर्माता कम्पनी टिभिएस मोटरले नयाँ मोडल ‘अपाचे १६० टुभि’ नेपालमा सार्वजनिक गरेको छ ।

उक्त मोटरसाइकल टिभिएसका लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले आफ्नो सानो भर्याङ्ग सोरुम मार्फत कमेडी च्याम्पियनका शीर्ष ६ सहभागीहरुमार्फत सार्वजनिक गरेको हो ।

अपाचे १६० टुभिको बडीमा न्यू रेस इन्स्पाइर्ड ग्राफिक्स समावेस गरिएको छ जुन पहिलाको सोही गाडीको संस्करणभन्दा भिन्न र फरक डिजाइनको रहेको छ । यसैगरी यसको पछाडि १२०/७०×१७ को नयाँ फराकिलो टायर राखिएको छ जसले बाटोमा अझ राम्रो ग्रिप र सुरक्षा प्रदान गर्दछ । यसमा रहेको अर्को राम्रो फिचर्स भनेको यसमा रहेको रेस इन्स्पाइर्ड डिजिटल डिस्प्ले रहेको छ जसले राइडरलाई स्पीड नियन्त्रणबारे जानकारी गराइरहन्छ ।

अपाचे १६० टुभिमा बेस्ट इन क्लास आर.टि.आर ओभरस्क्वेर इन्जिन रहेको छ जसले ८००० आर.पि.एम मा १४. १४ पि.एसको अधिकतम पावर प्रदान गर्दछ भने ६७५० आर.पी.एम मा १३.२ एन.एमको अधिकतम टर्क प्रदान गर्दछ। यसैगरि यसमा बेस्ट इन क्लास एम.आइ.जी सस्पेन्सन सक अप राखिएको छ ।

यो मोटरसाइकल पर्ल वाइट, म्याट ब्लु, ब्लाक, ग्लस रेड र ग्रे गरेर ५ ओटा भेरिएन्टमा उपलब्ध रहेका छन् । यसको मूल्य भने २ लाख ६९ हजार ९०० रुपैयाँ तोकिएको छ।

जगदम्बा मोटर्स नेपालमा टिभिएस टू–ह्वीलर्सको लागि एकमात्र आधिकारिक वितरक हो । ३९ वर्षको रेसिङ्ग इतिहास तथा नेपालभर १३२ भन्दा बढी डिलरहरुको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टिभिएसले बजारमा आफ्नो मजबुत पकड राख्न र ग्राहकहरुमा स्थान जमाउन सफल भएको छ ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.