Advertisement

मास्क लगाऔँ अभियान शुभारम्भः तीन करोड मास्क निःशुल्क बाडिने

0 665

Advertisement

०१ भदाै, भक्तपुर । ‘मास्क लगाऔँ एक अर्कालाई बचाऔँ’ भन्ने नाराका साथ राष्ट्रव्यापी रुपमा ‘नेपाल मास्क कार्यक्रम’ शुभारम्भ गरिएको छ । आज साउन ३२ गते भक्तपुरको मध्यपुरथिमि नगरपालिका–४ दुई पोखरीबाट मास्क लगाऔँ अभियान शुभारम्भ गरिएको हो ।

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन र मध्यपुरथिमि नगरपालिकाका प्रमुख एवं उपत्यका नगरपालिका फोरमका सचिव मदनसुन्दर श्रेष्ठले एकैसाथ स्वयंसेवक र स्थानीयवासीलाई मास्क वितरण गर्दै अभियानको शुरुवात गर्नुभएको हो । ललितपुर महानगरपालिकाका प्रमुख महर्जनले सबैसँग मास्क भए पनि कसैको मास्क हातमा, कसैको चिउँडोमा र कसैले खल्तीमा राखेर हिड्ने गरेकाले प्रभावकारी नभएको बताउनुभयो । उहाँले मास्क कसरी लगाउने र कोरोना भाइरसबाट कसरी सुरक्षित हुने भनेर घरघरमा गएर जनचेतना फैलाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

कोभिडले विश्वलाई नै प्रभावित पारिरहँदा कोरोना भाइरस विरुद्धको भ्याक्सिन आउनुभन्दा अगाडि नै मास्क प्रभावकारी देखिएको चर्चा गर्नुभयो । स्थानीय सरकारले कोरोना भाइरस सङक्रमण रोक्न उल्लेख्य भूमिका निर्वाह गरेको बताउँदै उहाँले भन्नुभयो, “नेपालमा स्थानीय सरकार नभएको भए केन्द्रीय सरकारले कोरोना महामारीमा केही गर्न सक्दैनथ्यो, जनता भकाभक मर्थे, कोरोना सङ्क्रमण रोक्न र जनताको सुरक्षामा स्थानीय सरकारले धेरै काम गरेको छ, मध्यपुरथिमि नगरपालिका त नमूना नै सावित भयो, यहाँबाट हामीले पनि धेरै सिक्यौँ ।” कोरोनाको तेस्रो लहरसँग जुध्न तयारीमा सबै स्थानीय तह रहनुपर्ने भन्दै उहाँले पाटन दरबार क्षेत्र र सार्वजनिक क्षेत्रमा ‘नो मास्क नो इन्ट्रि अभियान’ पनि चलाएको बताउनुभयो ।

त्यसअवसरमा मध्यपुरथिमि नगरपालिकाका प्रमुख श्रेष्ठले कोरोना भाइरस दिनदिन नै बढ्दै गएको र तेस्रो लहरको जोखिम बढेको अवस्थामा नेपाल मास्क अभियान मध्यपुरबाट शुरु गरिएको बताउनुभयो । कोरोना प्रतिकार्यमा सफल व्यवस्थापन स्थानीय तहले गरेको छ भन्दै उहाँले कोरोनाबाट बच्ने सजिलो र सस्तो तरिका मास्कको सही प्रयोग नै भएको बताउनुभयो । उहाँले सबै नागरिकसम्म भ्याक्सिन नपुगेसम्म मास्क अभियानले कोरोना सङ्क्रमण कम हुन्छ भन्ने विश्वास रहेको भन्दै मास्क अभियानले कोभिडको तेस्रो लहरलाई परास्त गर्न कोशेढुङ्गा सावित हुने दाबी गर्नुभयो ।

“थिमिमा आजबाट २० पटकसम्म धोएर पुनः प्रयोग गर्न मिल्ने बङ्गलादेशबाट आएको पाँच लाख मास्क वितरण गर्दछौँ, त्यसका लागि १५ जना स्वयंसेवक प्रत्येक घरघरमा पुगेर मास्क वितरण गर्दै मास्क कसरी प्रयोग गर्ने भनेर सिकाउने छन्”, नगर प्रमुख श्रेष्ठले भन्नुभयो, “अमेरिकाबाट तीन करोड मास्क आउँदैछ, त्यो मास्क उपत्यका मेयर फोसममार्फत उपत्यकाका सबै पालिका र देशभरका पालिकामा वितरण गर्ने अभियान चलाइनेछ ।” स्वयंसेवकले एउटा घरमा तीन जना वा कम सदस्य भए २५ वटा मास्क र तीन जनाभन्दा बढी सदस्य भए एक प्याकेट अर्थात ५० वटा मास्क निःशुल्क वितरण गर्नेछन् ।

कोरोना भाइरसको तेस्रो लहरलाई परास्त नगरेसम्म मास्क लगाउन छाड्दैनौँ भन्ने प्रतिबद्धता आवश्यक रहेको बताउदै उहाँले मध्यपुरथिमि नगरपालिकाले नेपाल–कोरिया मैत्री नगरपालिका अस्पताललाई पालिकामै पहिलो अक्सिजन प्लान्ट, नेपालमै दोस्रो पीसीआर मेशिन जडान गरेको, तेस्रो लहरको तयारीका लागि २५ श्ययाको एचिओ, १५ श्ययाको आइसियु, ६ श्ययाको पेराटिक आइसियु र १० श्ययाको भेन्टिलेटर तयारी अवस्थामा राखेको बताउनुभयो ।

त्यसअवसरमा मध्यपुरथिमि नगरपालिकाका उपप्रमुख अञ्जनादेवी मधिकर्मी, वडा नं. ४ का वडाध्यक्ष कुमार श्रेष्ठले मास्क हातमा, गोजीमा र चिउँडोमा लगाउने प्रवृत्ति अन्त्य गर्दै सही तरिकाले मास्क लगाउन सिकाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.