Advertisement

गाेकर्णेश्वर नगरपालिकाले कोभिड-१९ विरुद्धको Astrazeneca खोपको पहिलो मात्रा लगाउने

0 1,400

Advertisement

३२ साउन, काठमाडौं । गाेकर्णेश्वर नगरपालिकाले कोभिड-१९ विरुद्धको Astrazeneca खोपको पहिलो मात्रा लगाउने भएको छ । नेपाल सरकारको खोप कार्यक्रम अनुसार नगरपालिकाले सूचना मार्फत उक्त जानकारी दिएको छ ।

नगरपालिकाले कोरोना भाइरस विरुद्धको खोप नलगाएका १८ वर्ष भन्दा माथिको उमेर भएका व्यक्तिहरुलाई तपसिलको मिति, समय र स्थानमा Astrazeneca खोपको पहिलो मात्रा लगाउने कार्यक्रम भएको हुँदा खोप सेवा लिई लाभ प्राप्त गर्नु हुन सम्बन्धित सवैमा आग्रह गरेको छ ।

खोप केन्द्र गोकर्णेश्वर नगरपालिका भित्रका सात केन्द्रहरु मार्फत लगाउने छ ।

खोप भदौ १ गतेबाट सुरु सञ्चालन हुनेछ ।

तपसिलः

मितिः २०७८ भाद्र १ गते ।
समयः विहान ११:०० बजे देखि अपरान्ह ४:०० बजे सम्म ।

१. श्री भिमदेव आधारभूत विद्यालय गो.न.पा. २, काठमाडौं ।
२. श्री बाल सुधार मा.वि. गो.न.पा. २, काठमाडौं ।
३. श्री सहयोगी मा.वि. गो.न.पा. ४, गोकर्ण, काठमाडौं ।
४. श्री चामुण्डा मा.वि. गो.न.पा. ६, नारायणटार, काठमाडौं ।
५. श्री अरुणोदय मा.वि. गो.न.पा. ९, आरुबारी, काठमाडौं।
६. श्री शान्ति आदर्श मा.वि. गो.न.पा. ५. काठमाडौं ।
७. चाल्स डार्विन एकेडेमी गो.न.पा. ६, बञ्चरेटार नयाँ बस्ती, काठमाडौं ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.